ओप्पोह्याक : ४० हजार डलर पुरस्कार
काठमाडौं । प्राविधिक ब्राण्ड ओप्पो र ह्याकाथन विशेषज्ञ ह्याकहबको सहकार्यमा ओप्पोह्याक २०२२ को आयोजना भइरहेको छ । अन्तर्राष्ट्रिय ह्याकाथन ओप्पोह्याकले प्रविधि प्रेमी तथा नवप्रवर्तकहरुको समाजलाई एकतृत गर्दै उदीयमान प्रविधि (भिजुअलाइजेसन), सुदृढ कम्प्युटरिङ्ग र निर्वाध क्रस–डिभाईस कनेक्सनका माध्यमबाट विश्वका वास्तविक समस्याको निवारण खोज्ने लक्ष्य बोकेको छ ।
कम्पनीका अनुसार ओप्पोह्याकमार्फत कलरओएससम्बन्धी थप नयाँ जानकारीहरु पनि उपलब्ध गराइनेछ । प्रयोगकर्ताकेन्द्रित सर्वव्यापी सेवा अनुभवलाई विशेष जोड दिने विश्व निर्माण गर्ने ओप्पोको भिजनका साथमा ओपोह्याकले मानिस र प्रविधिबीच सहज अन्तर्सम्बन्ध स्थापित गर्ने लक्ष्य बोकेको छ । विभिन्न क्षेत्र तथा विशेषज्ञता बोकेका सहभागीहरु निर्बाध क्रस–डिभाइस कनेक्सनका साथै प्रयोगकर्ता केन्द्रित बौद्धिक सेवाका लागि वैश्विक प्रतिभाहरुका माध्यमबाट नवप्रबर्तनात्मक समाधानको खोजीमा जोड दिइनेछ ।
ओप्पोको ब्राण्ड प्रस्ताव ‘इन्स्पिरेसन अहेड’सँग जोडिएको ओप्पोह्याकले प्राविधिक नवप्रवर्तकहरुलाई अनिश्चितताको समयमा पनि प्रविधिको प्रयोगमार्फत मानव जातिले सामना गर्ने सबैभन्दा चुनौतीपूर्ण समस्याको समाधानका लागि उत्प्रेरित गर्छ । ओप्पोह्याकमार्फत प्रविधिप्रेमीहरुलाई आफ्नो प्रतिभाको परीक्षण गर्ने अवसर प्रदान गर्नुका साथै ओप्पोले ओप्पो रिसर्च इन्स्टिच्युट इन्नोभेसन एक्सलेरेटर पनि सार्वजनिक गरेको छ । यसले प्रस्तावना तथा स्टार्टअपहरुलाई विश्वमा वास्तविक रुपमा सकारात्मक प्रभाव पार्नेछ । ओप्पोह्याक २०२२ मा सहभागीहरुले कलरओएस १२ का नयाँ अपडेट, ओप्पोको सिग्नेचर अपरेटिङ सिस्टम डिजाइन, कनेक्टिभिटी, प्राइभेसी र थप नवीन प्रविधिहरु नजिकबाट हेर्न पाउनेछन् । यो एउटा पीसी कनेक्टजस्तै हो, जसले फोन र कम्पयुटरबीच सीमलेस अन्तर्क्रिया सिर्जना गर्दछ ।
प्रविधि र कार्य टोलीको शक्तिमा विश्वास गर्ने ओप्पोह्याक, १२ विश्वविद्यालयहरु, २० इन्क्युबेटरहरु र विश्वभरका पाँच सयभन्दा बढी व्यक्तिहरुसँग जोडिएर भोलिको अन्तर्सम्बन्धित समस्याहरु समाधान गर्न सहकार्य र प्रतिस्पर्धा गर्ने ह्याकाथन हो । कार्यक्रममा सहभागी हुन जो जहाँ भए पनि हाइब्रिड मोड ह्याकाथनले सजिलो बनाएको छ । कम्पनीका अनुसार जुनदेखि अगस्टसम्म, यसमा प्राविधिक ग्यारेजहरुको शृङ्खलाहरु हुनेछन्, जसले ग्राहकलाई शुरु गर्न आवश्यक पर्ने उत्कृष्ट इन–क्लास अवधारणाहरु र सीपहरु प्रदान गर्दछ । फाइनल राउन्डमा प्रवेश गर्ने टोलीहरुले पहिलो विकासका स्रोतहरु र उपकरणहरु प्राप्त गर्नेछन् । यसले ग्राहकको सपनाको परियोजना सिर्जना गर्न सक्षम पार्नेछ । विशेष गरेर यो समान विचारधारा भएका धेरै व्यक्तिहरु, प्राविधिक विशेषज्ञहरु र अग्रणी कम्पनीहरुका अग्रजहरुसँग अन्तर्क्रिया गर्ने अवसर हो । कम्पनीका अनुसार यो प्रतियोतिगा जित्नेले ४० हजार डलरबराबरको कुल नगद पुरस्कार पाउनेछन् ।
ओप्पोह्याकले हकाथनका दुई राउन्डसहित हाइब्रिड मोड प्रतियोगिता पनि ल्याएको छ । ह्याकाथनको प्रारम्भिक राउण्ड दुई सह–होस्ट सहरहरुमा अफलाइन हुनेछ र अनलाइन सहभागिता पनि स्वीकार गर्नेछ । दर्ता भएपछि, व्यक्तिगत रुपमा वा भर्चुअल्ली सहभागी भएका सह–होस्ट ह्याकाथनहरुमध्ये एक छनौट गर्नुपर्नेछ । फाइनल राउन्ड सबै प्रमुख स्ट्रिमिङ प्लेटफर्महरुमा प्रत्यक्ष प्रसारण हुनेछ । मे २३ २०२२ देखि खुलिसकेको आधिकारिक दर्ता ओप्पोह्याक डट कममा आवेदन दिन सकिनेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया