Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसञ्चित कोष व्यवस्थापन प्रणाली तालिम सुरु

सञ्चित कोष व्यवस्थापन प्रणाली तालिम सुरु


सोलुखुम्बु, फागुन ७
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीसम्बन्धी तीन दिने तालिम सोलुखुम्बुको सल्लेरीमा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुको आयोजनामा सोमबारबाट जिल्लास्तरीय सञ्चित कोष व्यवस्थापनसम्बन्धी तालिम सल्लेरीको एक होटलमा सुरु भएको हो ।

स्थानीय तहको बजेट र खर्चलाई सफ्टवेयर सूत्रमार्फत केन्द्रमा जडान गर्ने उद्देश्यले तालिमको आयोजना गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यक्रममा सोलुखुम्बुका आठवटा स्थानीय तहका लेखापाल र योजना अधिकृत गरी १६ जनाको उपस्थिति छ ।

तालिममा विभाज्य कोषको व्यवस्था, राजस्वका शीर्षकहरुको वर्गीकरणलगायतको विषयमा छलफल हुने महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत प्रकाश गौतमले बताए । आर्थिक पक्षमा स्थानीय तहका कर्मचारीले भोगेका समस्या समाधानका लागि पनि यो कार्यक्रम लाभदायी हुने उनको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रमा आचार्यले अनियमितताको प्रश्न उठ्न नदिने गरी काम गर्न सबै स्थानीय तहका कर्मचारीलाई आग्रह गरिन् । तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गदै गाउँपालिकामा गुनासो रहित काम गर्न समेत प्रमुख जिल्ला अधिकारीले सबैलाई निर्देशन समेत गरे ।

यस्तै जिल्ला समन्वय समिति प्रमुख वीरकुमार राईले वित्तीय सुशासन कायम गर्न कर्मचारीको महत्वपूर्ण भूमिका हुने बताए । सबै ठाउँमा कर्मचारीले चाहेको खण्डमा सुशासन कायम हुने उनको भनाइ छ । कर्मचारीले व्यक्तिगतभन्दा पनि राष्ट्रको लागि सोचेको खण्डमा राष्ट्र निर्माण गर्नमा कुनै समस्या नआउने उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x