Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदिक्तेल महोत्सवमा माटोविना नै खेती गर्न सकिने प्रविधि प्रदर्शनीमा

दिक्तेल महोत्सवमा माटोविना नै खेती गर्न सकिने प्रविधि प्रदर्शनीमा


खोटाङ, फागुन ७
खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन भइरहेको प्रथम खोटाङ दिक्तेल महोत्सवमा माटोविना नै खेती गर्न सकिने प्रविधि प्रदर्शनीमा राखिएको छ । दिक्तेलस्थित पञ्च माध्यामिक विद्यालयले राखेको विना माटो नै खेती गर्न सकिने प्रविधिको स्टल कृषकहरुको आकर्षणको केन्द बन्न थालेको छ ।

उक्त प्रविधिमा बिरुवालाई आवश्यक पर्ने सम्पूर्ण खाद्य पदार्थहरु संकलन गरी ड्रममा राखेर पाइपको माध्यमबाट बिरुवा दिएर खेती गर्न सकिने विद्यालयका वरिष्ठ कृषि प्रशिक्षक तेज प्रकाश जैसीले बताए । गाईभैंसीको पिसाब, गड्यौलाको मलको झोललगायत बिरुवालाई आवश्यक पर्ने खाद्य पदार्थमा पानीको सन्तुलन मिलाएर यस्तो प्रविधिको खेती गर्न सकिने जैसीको भनाइ छ ।

विद्यालयले प्रदर्शनीमा राखेको यस्तो प्रकारको खेती प्रविधिमा अहिले चाइनिज रायोको साग, फर्सि र मुला बढिरहेको देख्न सकिन्छ । विद्यालयले महोत्सवको सुरुदेखि नै प्रदर्शनीमा राखेको यो प्रविधि महोत्सवमा आउने विभिन्न कृषकहरुको आकर्षण र चासोको विषय बन्न थालेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x