Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड


काठमाडौं, फागुन ७
महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ । महिन्द्रा एक्सयूभी ३०० ले यही जनवरी महिनामा मात्र वयष्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो, जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो । अब महिन्द्रा एक्सयूभी ३०० ले ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो ग्लोबल एनसीएपीद्वारा गरिएको हालसम्म सञ्चालित भारतका सुरक्षित कार अभियानअन्तर्गत परीक्षण गरिएका कुनै पनि कारहरूमध्ये सवारीसाधनमा रहनेहरू सबैका लागि एकीकृत रुपमा पाएको सर्वाधिक सुरक्षा रेटिङ हो ।

ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्ड सुरु गरेको थियो । यो प्रतिष्ठित पुरस्कारका लागि योग्य हुनका लागि ग्लोबल एनसीएपीको बजार परीक्षण प्रोटोकलको नवीनतम संस्करणअनुसार मोडलले सवारी साधनमा रहने वयष्कका सुरक्षामा फाइभ स्टार स्कोर र बालबालिकाका सुरक्षामा कम्तीमा फोर स्टार स्कोर प्राप्त गरेको हुनुपर्छ । त्यसैगरी मोडलमा विद्युतीय स्थिरता नियन्त्रण (ईएससी) हुनुपर्छ र संयुक्त राष्ट्रसंघको नियम यूएन १३ एच, यूएन १४० वा जीटीआर ९ अनुसारका प्रदर्शन आवश्यकताहरू पूरा गरेकै हुनुपर्छ ।

वैकल्पिक भएको खण्डमा, ईएससी सबै मोडल भेरिएन्टहरूमा उपलब्ध हुनुपर्छ, यसलाई अन्य सुविधाहरूका साथ कुनै ‘बन्डलिङ’ नगरी छुट्टै बेच्नु पर्छ र दुई वर्षदेखि मुलुकभित्र बिक्री अनुपातको कम्तिमा २० प्रतिशत मानक पूरा गरेको हुनुपर्छ ।

साथै मोडलले संयुक्त राष्ट्रसंघीय नियम यूएन १२१ वा जीटीआर ९ अनुसारको पैदल यात्रु सुरक्षा आवश्यकताहरू पूरा गरेको हुनुपर्छ, जसलाई ग्लोबल एनसीएपीद्वारा चयन गरिएको प्रयोगशालामा बजार इकाईमा मान्यता प्रदान गरिएको हुनुपर्छ । यी सबै आवश्कताहरूलाई ग्लोबल एनसीएपीद्वारा चयन गरिएको प्रयोगशालाद्वारा तथा यदि आवश्यकताअनुरुप टाइप अप्रुभल सर्टिफिकेटको प्राबधानसहित मान्यता प्रदान गरिएको हुनुपर्छ ।

यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड–टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा उत्कृष्ट आन्तरिक सजावट÷बनावटले यसलाई रोमाञ्चक र बृहत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित भएको छ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ । एक्ययूभी ३०० को मूल्य पेट्रोल डब्लूफोर मोडलका लागि ३९ लाख ७५ हजार रुपैयाँ र डिलेज डब्लूफोर मोडलका लागि ४१ लाख २५ हजार रुपैयाँ तोकिएको छ  ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x