Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘बजेटमा उल्लिखित कर नीतिले निजी क्षेत्रलाई थप धराशायी बनाउँछ’

‘बजेटमा उल्लिखित कर नीतिले निजी क्षेत्रलाई थप धराशायी बनाउँछ’


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बजेटमा उल्लिखित कर नीतिले निजी क्षेत्रलाई थप धराशायी बनाउने जनाएको छ । यस्तै चेम्बरले विद्युतीय सवारीमा करवृद्धि गर्ने निर्णय फिर्ता गर्न तथा भन्सार नाकामा एलसी तथा बैंकिङ कारोबार मूल्यलाई मान्यता दिई सन्दर्भ मूल्यलाई खारेजी गर्न माग गरेको छ ।

बजेटमा आफूहरुले दिएको सुझाव नसमेटिएको भन्दै चेम्बरले अर्थमन्त्री जनार्दन शर्मालाई सातबुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । परिवत्र्य विदेशी मुद्राको सटही दरमा वृद्धि तथा बढ्दो मूल्यवृृद्धिको दृष्टिकोणले मूल्यअभिवृद्धि कर प्रयोजनका लागि हाल कायम भएको ५० लाखको सिलिङ निकै कम भएकाले भ्याटको थ्रेसहोल्ड एक करोड रुपैयाँ पु-याउनुपर्ने चेम्बरको माग छ । स्वदेशमै उत्पादित विद्युत्लाई उपयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने उद्घोष गरिरहँदा विद्युतीय सवारीमा थप भन्सार तथा अन्तःशुल्क व्यावहारिक नभएको चेम्बरले बताएको छ ।

सरकारले बजेटमा निर्यात प्रोत्साहनको नीति अवलम्बन गरे पनि यसको व्यावहारिक कार्यान्वयनमा चेम्बरले प्रश्न उठाएको छ । निर्यात प्रवर्द्धनका लागि आठ प्रतिशत नगद अनुदानको व्यवस्था साना तथा मझौला उद्योगी एवं घरेलु र हस्तकलासँग सम्बन्धित उद्योगीलाई भ्यालु एड अनुसार नगद अनुदानको व्यवस्था प्रभावकारी ढंगले गर्न चेम्बरले अर्थमन्त्री शर्मासँग माग गरेको छ ।

नेपाल चेम्बर अफ कमर्सले भुक्तानी सन्तुलनलाई कायम गरी आयातलाई व्यवस्थित र निर्यातलाई प्रोत्साहन गरेर निजी क्षेत्रलाई सहज ढंगले व्यवसायको वातावरण बनाउन पनि अर्थमन्त्री शर्माको ध्यानकर्षण गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x