Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहाइफ्युचरद्वारा फ्युचरफिट जोन स्मार्टवाट र फ्लाइबड्स प्रो सार्वजनिक

हाइफ्युचरद्वारा फ्युचरफिट जोन स्मार्टवाट र फ्लाइबड्स प्रो सार्वजनिक


काठमाडौं । हाइफ्युचरले उपभोक्ताको जीवनशैली अपग्रेड गरी आफ्नो समयतालिकामा सहज तरिकाले समन्वय गर्नसक्ने हिसाबले ग्याजेट सार्वजनिक गर्दै नेपालमा एउटा पावर–प्याक्ड सिजनको सुरुवात गर्न लागेको छ । कम्पनीले मानिसहरुको जीवन सकारात्मक रुपमा अझ सहज बनाउन प्रविधिले भरिपूर्ण शानदार उत्पादनहरु सार्वजनिक गर्दै आएको छ ।

कम्पनीले हालै नेपालमा फ्युचरफिट जोन स्मार्टवाट र फ्लाइबड्स प्रो सार्वजनिक गरेको छ । कम्पनीका अनुसार फ्युचरफिट जोन तथा फ्लाइबड्स प्रो विश्व बजारमा हालै सार्वजनिक भएका र २०२२ मा सबैभन्दा बढी बिक्री भएकामध्येका स्मार्टवाच र टीडब्लूएस इयरबड हुन् । यिनीहरु शानदार फिचरयुक्त सुपथ मूल्यका स्मार्टवाच र इयरबड हुन् ।

फ्युचरफिट जोन तथा फ्लाइबड प्रोले हरेक व्यक्तिले अपेक्षा गरेअनुसारको जीवनशैली प्रदान गर्छ । फ्युचरफिट जोनमा १.६९ इन्चको डिस्प्ले, २४८७ एसपीओ२ मनिटरिङ २० वटा अलग अलग स्पोर्ट्स मोड रहेका छन् भने यसमा भएको अग्मेन्टेड भ्यूइङ एक्सपेरियन्सले सबैलाई आश्चर्यचकित बनाउँछ । लामो समय टिक्ने ब्याट्री तथा वाटर रेजिस्टेन्ट प्रविधिका कारण पानीबाट सुरक्षित रहने र जस्तोसुकै अवस्थामा लगाउन सकिने यो ग्याजेटको मूल्य पाँच हजार चार सय ९९ रुपैयाँ तोकिएको छ ।

यस्तै कम्पनीको सबैभन्दा बढी रुचाइएको उत्पादन फ्लाइबड्स प्रो इयरबडले पनि कम्पनीलाई विश्व बजारमा शानदार प्रदर्शनका लागि सशक्तीकरण गरिरहेको छ । कम्पनीले कलरको वरपरबाट आउने आवाजलाई फिल्टर गरेर बिल्ट–इन ४माइक वातावरणीय न्वाइज क्यान्सलिङ प्रविधियुक्त उत्पादन डेलिभरी गर्ने प्रयास गरेको छ । यसको मूल्य तीन हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x