Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिफको छैठौँ संस्करणको आवेदन खुल्ला

निफको छैठौँ संस्करणको आवेदन खुल्ला


काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को छैठौँ संस्करणको लागि फिल्म आवेदन खुल्ला गरिएको छ । बुधबारदेखि फिल्म आवेदन खुल्ला गरिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

कथाहरुको उत्सव भन्ने नारासहित विगत छ वर्षदेखि नियमित रुपमा आयोजना भइरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको सातवटा विधामा आवेदन दिन सकिनेछ । राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्ट फिल्म, डकुमेन्ट्री फिल्म र फिचर फिल्मको आवेदन भर्न पाइन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि शुल्क लाग्नेछ भने राष्ट्रिय प्रतिस्पर्धाको लागि निःशुल्क रुपमा आवेदन दिन पाउने बताइएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रियका सबै आवेदनहरु अनलाइन प्लेटफर्म फिल्मफ्रिवे डट कम/निफ २०२३ मार्फत पुस १० गतेसम्म दिन पाइनेछ । साथै छैटौ निफ २०२३ आगामी चैत २ गतेदेखि ६ गतेसम्म काठमाडौंमा हुनेछ ।

पाठकका अनुसार निफमा आवेदन दिनको लागि फिचर फिल्मको लम्बाइ ६० देखि १२० मिनेट, सर्ट फिल्म ३० मिनेटभन्दा कम र डकुमेन्ट्री ६० मिनेटभन्दा कम समयको हुनुपर्नेछ । यस्तै फेष्टिभलले निर्धारण गरेको मापदण्डअनुसार फिल्म पेश गर्नुपर्नेछ । मापदण्ड उल्लंघन गर्ने चलचित्रहरू अस्वीकार गरिने उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x