Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइ–सेवाको ‘५५ मिनेटको धमाका अफर’

इ–सेवाको ‘५५ मिनेटको धमाका अफर’


काठमाडौं । भुक्तानी सेवा प्रदायक इ–सेवाले ‘५५ मिनेटको धमाका अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत आइतबार बैंक एकाउन्ट लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ ।

आइतबार साँझ ५ बजेदेखि साँझ ५ः५५ सम्म एकाउन्ट लिंकमार्फत कारोबार गर्दा उक्त रकम क्यासब्याक पाइने भएको हो । इ–सेवाले आम ग्राहकहरुले घरमै बसेर कारोबार गर्न सकून् भन्ने उद्देश्यले यो योजना सार्वजनिक गरेको हो । यस योजनामा सहभाागी हुन एकाउन्ट लिंक गरी कारोबार गर्नुपर्नेछ भने एकाउन्ट भेरिफाइ भएको हुनुपर्नेछ ।

इ–सेवाले हाल एन्ड्रोइड मोबाइलमा ५२ लाख र आईओएस मोबाइलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्समार्फत सेवा प्रदान गरिरहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x