Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवाई ५५ सार्वजनिक गर्ने तयारीमा भिभो

वाई ५५ सार्वजनिक गर्ने तयारीमा भिभो


काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले वाई सिरिजअन्तर्गत पछिल्लो संस्करण वाई५५ यही असार ११ गते सार्वजनिक गर्ने घोषणा गरेको छ । यस उपकरणमा प्रयोगकर्ताहरूले अपेक्षा गर्नसक्ने केही विशेषताहरूको जानकारी पनि ब्रान्डले दिएको छ । यसको पूर्ववर्तीजस्तै, वाई५५ पनि उच्च विशेषताहरु भएको एक सुलभ उपकरण हो । वाई ५५ भिभोको विश्वप्रसिद्ध फ्युचरिस्टिक तर सुरुचिपूर्ण डिजाइन भएको नवीनतम उपकरण हो, जसले प्रयोगकर्ताको हरेक माग पूरा गर्नेछ । यसलाई विशेष ब्याट्री शक्ति, क्यामेरा क्षमता र उच्च प्रदर्शनद्वारा प्रतिस्पर्धामा अगाडि रहन डिजाइन गरिएको छ ।

वाई५५ मा ५०००एमएएच ब्याट्री रहेको छ र यसलाई दिनभरविना कुनै पनि ब्याट्री समस्या चलाउन सकिन्छ । साथै, यस फोनमा ४४ वाट फ्ल्यासचार्ज पनि रहेको छ । उच्च कार्यसम्पादन र उत्कृष्ट विशेषताहरुको साथै लामो समयसम्म ब्याट्री टिक्ने स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूका लागि यो नयाँ उपकरण उत्तम विकल्प हुनसक्छ । शक्तिशाली पर्फमेन्सका लागि वाई५५ मा क्वालकम स्न्यापड्रागन ६८० प्रोसेसर रहेको छ । यस प्रोसेसरले गर्दा यो उपकरणमा गेमिङ स्ट्रिमिङ वा काम गर्न समेत सहज, थप सुव्यवस्थित र छिटो हुन्छ । यसले बहुकार्यलाई सजिलो बनाउनेछ ।

यसबाहेक, यस उपकरणलाई थप उपयुक्त बनाउन, भिभोले रियर फिंगरप्रिन्ट स्क्यानरको सट्टा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर प्रयोग गरेको छ । यो इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरले समग्र रुप–रंग बढाउँछ र प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्दछ । यस उपकरणमा ५० एमपी एचडी रियर क्यामेरा तथा १६ एमपी फ्रन्ट क्यामेरा छ, जसबाट आकर्षक फोटोहरु लिन सकिन्छ साथै यसले फोटोग्राफीको अनुभवलाई वृद्धि गर्नेछ । यो फोनको मूल्य भने सार्वजनिक भएको छैन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x