Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचितवनका अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण

चितवनका अटोमोबाइल्स व्यवसायीलाई प्रशिक्षण


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चितवन अटोमोबाइल्स एसोसिएसन र बागमती प्रदेशको सहकार्यमा चितवनका अटोमोबाइल्स व्यवसायीहरुलाई कर, भन्सार तथा भीसीटीएस सम्बन्धी प्रशिक्षण दिएको छ । संघले गत शनिबार प्रशिक्षण दिएको हो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख घनश्याम पन्थी, वीरगञ्ज भन्सार कार्यालयका निर्देशक हरिहर पौडेल, राजस्व अनुसन्धान विभागका कम्प्युटर अधिकृत पवन बस्नेत तथा चार्टर्ड एकाउन्टेन निकेट अग्रवालले आ—आफनो विषयमा केन्द्रित रही प्रशिक्षण दिएका थिए ।

नाडाले गत जेठ २७ गते लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, गण्डकी प्रदेशको सहकार्यमा सोही प्रकारको प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो । नाडाले आसार मसान्तसम्म सातवटै प्रदेशमा यस्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै जाने बताएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x