मालवाहक रेल चलाउन उद्योगी व्यवसायीको माग
जनकपुर । जयनगर–कुर्था रेल मार्गमा नियमित मालवाहक रेल सेवा सञ्चालन गर्न पाँच जिल्लाका उद्योगी व्यवसायीले माग गरेका छन् । नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीसँगको छलफलका क्रममा मधेश प्रदेशअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाहीका उद्योगी व्यवसायीले मालवाहक रेल सेवा सञ्चालन गर्न माग गरेका हुन् ।
हाल जयनगर–कुर्था रेल मार्गमा सञ्चालन भइरहेको रेल सेवासँगै मालवाहक रेल समेत सञ्चालन गरिए भारतसँग सिधा व्यापार सम्बन्ध हुनुको साथै सस्तो मूल्यमा समाधान आयात हुने तथा त्यसबाट महँगी समेत नियन्त्रणमा आउने उद्योगी व्यवसायीको भनाइ छ । छलफलमा उद्योगी व्यवसायीले तत्कालका लागि दैनिक पाँच/छ ट्रक मालसमान आयात गर्ने र पछि क्रमशः बढाउँदै जाने भएकाले मालवाहक रेलसेवा घाटामा नजाने दाबी गरेका थिए । ‘अहिले चलिरहेको रेल सेवामै हामीले मालवाहक रेल सेवा पनि चलाउन माग गरेका छौँ’, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्बोकुमार साहले भने, ‘नेपाल रेल्वे कम्पनीका पदाधिकारीले मालवाहक रेल चलाउन आफूहरू सकारात्मक रहेको र तत्कालका लागि जनकपुरधाममा कति परिमाणमा मालसमान ल्याउन सकिन्छ भनेर उद्योगी व्यवसायीसँग यकिन गरेर तथ्यांक उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।’ तथ्यांककै आधारमा मालवाहक रेलसेवा सञ्चालन गर्न अन्य निकायसँग समन्वय गरी निर्णय गर्ने नेपाल रेल्वे कम्पनीका पदाधिकारीले आश्वासन दिएको उपाध्यक्ष साहले बताए ।
छलफलका क्रममा उद्योगी व्यवसायीबाट आएका सुझाव, सल्लाहका आधारमा मालवाहक रेल सेवा सञ्चालनको तयारी गरिने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए । भारतबाट दैनिक कति परिमाणमा मालसमान ल्याइन्छ भनेर तथ्यांक मागेका भन्दै उनले तथ्यांक उपलब्ध भएपछि प्रक्रिया अघि बढाइने बताए । गत २०७८ चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जयनगर–कुर्था रेल मार्गमा रेल सेवाको उद्घाटन गरेका थिए । त्यसयता रेल सेवा नियमितरूपमा सञ्चालन हुँदै आएको छ । दैनिक जयनगरबाट बिहान ८ः३० र दिउँसो ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट बिहान १०ः३० र साँझ ५ः१५ बजे रेल छुट्ने गर्छ । यात्रु चढाउन र झार्न सात ठाउँमा स्टेसन÷हल्टको व्यवस्था गरिएको छ । कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा स्टेसनको व्यवस्था छ ।
रेलसेवा सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इन्जिनियर रहेको महाप्रबन्धक झाले जानकारी दिए । कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमिका लागि सामान्य सिटमा ९० रूपैयाँ भाडादर तोकिएको छ । वातानुकूलित सेवातर्फ भने चार सय ५० रूपैयाँ भाडादर कायम गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया