Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोला नेपालद्वारा फोहोर व्यवस्थापनमा सहयोग

कोका–कोला नेपालद्वारा फोहोर व्यवस्थापनमा सहयोग


काठमाण्डौँ,फागुन ८

चितवन राष्ट्रिय निकुञ्जलाई देशकै पहिलो प्लास्टिकमुक्त संरक्षित क्षेत्र बनाउने पहललाई निरन्तरता दिँदै बोटलर्स नेपाल (तराई) लिमिटेड (कोका–कोला कम्पनीको अधिकृत बोटलर्स) ले डब्लुडब्लुएफ नेपालको समन्वयमा चितवन राष्ट्रिय निकुञ्जलाई २५ वटा ठूला पीईटी बोतल कलेक्सन बिन सहयोग गरेको छ । वन तथा वातावरण मन्त्रालयको अगुवाइमा २०१९ जनवरीमा सुरु गरिएको उक्त अभियान चितवन राष्ट्रिय निकुञ्जले कार्यान्वयनमा ल्याएको थियो । नेपाल आर्मी, वल्र्ड वाइल्डलाइफ फन्ड नेपाल (डब्लुडब्लुएफ नेपाल), हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), राष्ट्रिय प्राकृति संरक्षण कोष, स्थानीय समुदाय र पर्यटन उद्यमीलगायतले यसमा सहकार्य गरेका थिए ।

राष्ट्रिय निकुञ्जको विभिन्न स्थानहरुबाट पीईटी बोतलहरु नियमित रुपमा कोका–कोला नेपालको सस्टेनेबिलिटी पार्टनरमार्फत संकलन गरिन्छ । जहाँ रिसाइक्लरले विशेष गरी नैतिक तथा कानुनी रिसाइक्लिङका लागि काम गरिरहेको छ । यो अभियान कोका–कोला नेपालको सस्टेनेबिलिटी पार्टनर क्रिएसनले नेपालको फोहोर व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले अगुवाइ गरिरहेको छ । कोका–कोला कम्पनीको वल्र्ड विथआउट वेस्ट भिजनअन्तर्गत सन् २०३० सम्म विश्वव्यापी रुपमा आफ्नो प्याकेजिङको सय प्रतिशत बराबर संकलन र रिसाइकल गर्ने प्रतिज्ञा गरेको छ र देशप्रतिको प्रतिबद्धताका रुपमा कोका–कोला नेपालले हिमालयन क्लाइमेट इनिसिएटिभ र क्रिएसनसँग सहकार्य गरेर रिसाइकिलंग सुविधाका लागि काठमाडौं र भरतपुरमा दुईवटा पीईटी बोटल कलेक्शन स्थापना गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x