Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाई ५५ नेपालमा सार्वजनिक

भिभो वाई ५५ नेपालमा सार्वजनिक


काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले प्रिमियम डिजाइन, स्मुद अनुभव, उत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट क्यामेरा विशेषता भएको वाई५५ स्मार्टफोन सार्वजनिक गरेको छ । वाई सिरिज अन्तर्गतको युवा उन्मुखी अत्याधुनिक वाई५५ मा उत्कृष्ट फोटोग्राफी अनुभवका लागि ५० एमपी एचडी रियर क्यामेरा र एआई ट्रिपल क्यामेरा रहेको छ ।

कम्पनीका अनुसार उच्चस्तरीय फोटोग्राफी र भिडियोग्राफी अनुभवको लागि वाई५५ मा ५०एमपी एचडी रियर क्यामेरा रहेको छ । १६एमपी फ्रन्ट क्यामेराका साथ, वाई५५ बाट भिभोको एडभान्स पोट्र्रेट एल्गोरिदमद्वारा आकर्षक सेल्फीहरु पनि खिच्न सकिन्छ । सुपर नाइट सेल्फी नोइज घटाउने एल्गोरिदम, प्राकृतिक पोट्र्रेट एल्गोरिदम र औरा स्क्रिन लाइटले कम प्रकाशमा सेल्फ–पोट्र्रेटहरु सुधार गर्दछ । सेल्फी क्यामेराले अनुहारलाई प्राकृतिक रूपमा चम्किलो बनाउँछ र वास्तविक समयमा उज्यालो प्रभावको पूर्वावलोकनलाई समर्थन गर्दछ ।

वाई५५ मा अल्ट्रा स्टेबल भिडियो सुविधा छ जसले स्मुद, स्टिडी र स्थिर भिडियो खिच्नको लागि ह्यान्ड–होल्ड शटहरूमा क्यामेरा शेक हटाउन फ्रेमलाई इलेक्ट्रोनिक रूपमा समायोजन गर्दछ । यस स्मार्टफोनमा उत्कृष्ट क्यामेरा अनुभवका लागि मल्टि फेम डिनोइजिङ एल्गोरिदम, स्टाइलिश नाइट फिल्टरहरू, फन सट, एआई फेस ब्युटी र डबल एक्सपोजरलगायतका विशेषताहरु पनि छन् ।

यस्तै वाई५५ मा ८जीबी -याम (जसमा ४जीबी भर्चुअल र्याम थप्ने सकिन्छ) र १२८ जीबी रोम (जसलाई एक टीबीसम्म बढाउन सकिन्छ) छ । यसमा ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज छ जसले स्मार्टफोनलाई छिटो पावर अप गर्न, विशाल ब्याट्री क्षमताको पूर्ण उपयोग गर्न र कुशल ऊर्जा व्यवस्थापनको आनन्द लिन मद्दत गर्छ । वाई५५ मा शक्तिशाली क्वालकम स्न्याड्रेगन ६८० प्रोसेसर छ जसले कम पावर खपत गर्छ र एप्लिकेसन र गेमहरूको लागि स्मुद र स्थिर प्रदर्शन प्रदान गर्दछ । यसको साथै, वाई५५मा रचनात्मक अनुभवको लागि अल्ट्रा गेम मोड २.०, मल्टि–ट्युबो ५.५, अडियो सुपर रिजोल्युसन, सुपर सिस्टम प्रोसेस, नानो म्युजिक प्लेयर, र एन्ड्रोइड १२/फन टच ओएस १२ छन् । वाई५५ ले आधुनिक डिजाइन र चम्किलो रङहरूका साथ लक्जरीलाई पुनर्परिभाषित गर्दछ जुन नयाँ पुस्ताका परिवर्तनशील जीवनशैलीसँग मिल्छ ।

यो स्मार्टफोन अत्यन्तै हल्का वजनको छ । यसको थ्रीडी प्लास्टिक सिटले एक स्मुद र आरामदायी फिनिश प्रदान गर्दछ जसबाट प्रिमियम अनुभूति लिन सकिन्छ । वाई५५ को ६.४४ इन्च एफएचडी प्लस एमोलेड डिस्प्लेले उत्कृष्ट भ्यूइंग अनुभव प्रदान गर्दछ । साथै, यसमा इन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिङ सुविधा छ र डिस्प्लेमा हल्का टच गरेर फोनलाई सहजै अनलक गर्न सकिन्छ । वाई५५ दुईवटा आर्कषक रंग– मिडनाइट ग्यालेक्सी र आइस डन कलरमा उपलब्ध छ । नेपाली बजारमा यस स्मार्टफोनको मूल्य ३३ हजार नौ सय ९९ रुपैयाँ रहेको छ भने ग्राहकहरुले देशभरका रिटेल र इकर्मश साइटबाट खरिद गर्न सक्नेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x