Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनयाँ महिन्द्रा बोलेरो पिकअप टीभीसी सार्वजनिक

नयाँ महिन्द्रा बोलेरो पिकअप टीभीसी सार्वजनिक


काठमाडौं । अग्नि ग्रुपले नयाँ महिन्द्रा बोलेरो पिकअप टीभीसी सार्वजनिक गरेको छ । नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि ग्रुपले शुक्रबार ‘अग्नि ग्रुप–महिन्द्रा नेपाल’ को विभिन्न सामाजिक सञ्जालमा ‘उद्यमशील नेपालको भरपर्दो साथी’ शीर्षकको साथ नेपालको सबैभन्दा भरपर्दो पिकअपको लागि नयाँ भिडियो प्रसारण गरेको छ ।

उद्यमशील नेपाल को भरपर्दो साथीको लोकाचारमा अडिग रहँदै नयाँ टीभीसीले महिन्द्रा बोलेरो पिकअपको भिडियोमा नेपाली जनताको भावनात्मक सम्बन्ध र विश्वासलाई उद्यमशीलतासँग चित्रण गरी प्रस्तुत गरेको छ । महिन्द्रा बोलेरो पिकअप जो असीमित ऊर्जा र सहनशीलताका साथ नेपालको हरेक कुना–कुनालाई जोड्दछ । अग्नि ग्रुप अटोमोबाइल्स, स्पेयर र सेवाहरूको प्रमुख बिक्रेता हो । कम्पनीका अनुसार यो स्केल र क्षमतामा अतुलनीय छ । कम्पनीको देशभर ८० भन्दा बढी डिलर र शाखाहरू सम्मिलित व्यापक नेटवर्क छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x