Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभेरी बबई आयोजनाको ४० प्रतिशत काम सम्पन्न

भेरी बबई आयोजनाको ४० प्रतिशत काम सम्पन्न


काठमाण्डौँ,फागुन ८

राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको काम आर्थिक वर्ष २०६९÷०८० सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्देशक सञ्जीब बरालले जानकारी दिए । उपराष्ट्रपति नन्दबहादुर पुनलाई आयोजनाको स्थलगत निरिक्षण गराउँदै बरालले काम तीब्रगतिमा अघि बढिरहेको जानकारी दिए । उपराष्ट्रपति पुनले राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध तथा व्यारेज निर्माणस्थलको मंगलबार साँझ निरिक्षण गरेका छन् । उद्योग वाणिज्य संघ सुर्खेतको आयोजनामा भएको दोस्रो कर्णाली एक्स्पोको उद्घाटनका लागि सुर्खेत आएका पुनले भेरी नदिको चिप्लेमा निर्माण हुन लागेको व्यारेजको निरिक्षण गरेका हुन् ।

पुनले राष्ट्रिय गौरवको भेरी बबई आयोजनालाई नमूना आयोजनाको रुपमा विकास गर्न ध्यान दिनुपर्ने बताए । उनले आयोजनाको सुरुङ निर्माण सम्पन्न लगायतका प्रगतिमा खुसी व्यक्त गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न सबैले इमान्दार भूमिका खेल्नुपर्ने बताए । चिप्लेबाट बबई नदिसम्म १२ किलोमिटर लामो सुरुङमार्फत भेरीको पानी बबईमा पु¥याइँदै छ । आयोजनाको सुरुङ निर्माण सम्पन्न भइसकेको छ । सुरुङमार्फत भेरीको पानी बबईमा पु¥याएर ४६ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने र सो पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीन सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x