युनाइटेड सिमेन्टद्वारा स्कुल ड्रेस वितरण
काठमाडौं । युनाइटेड सिमेन्टले महादेव खोला लेलेका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीहरुलाई स्कुल ड्रेस वितरण गरेको छ । युनाइटेड सिमेन्टको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा सो कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरी कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरेका हुन् । सो कार्यक्रममा एसएम रोडा ढुङ्गाको पनि योगदान रहेको थियो । युनाइटेड सिमेन्टले विगतमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो र भविष्यमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । ४३ ग्रेड तथा ५३ ग्रेडको गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको यस उद्योगले उत्तरदायित्व वहन गर्न सधैं तयार रहेको जानकारी गराएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- महाकवि देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
- अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा
- देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास
- अन्नपूर्णआरोहण आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिए
- दोलखामा बृहत् स्वास्थ्य शिविर
- दराज नेपालको छैठौँ विक्रेता सम्मेलन
- केटिएम नेपालको ‘केटिएम ट्रयाक टेस्ट एक्सपिरियन्स’
- हिरोको दशैं तिहार अफरअन्तर्गत पाँच लाख क्यासका विजेता घोषणा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया