Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसहज च्यालेन्ज फन्डका लागि आवेदन खुल्ला

सहज च्यालेन्ज फन्डका लागि आवेदन खुल्ला


काठमाडौं । सहज भनेर पनि चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फन्ड–दोस्रो चरण’का लागि आवेदन खुल्ला गरिएको छ । विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको घोषणा गरिएको हो ।

दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले यसमा आवेदन दिन सक्नेछन् । आवेदकहरुले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधीकरणसँग सम्बन्धित चुनौतीहरुलाई सम्बोधन गर्ने समाधान प्रस्तुत गर्नुपर्नेछ ।

आवेदन साउन ६ गतेसम्म दिन सकिने आयोजकले जानकारी दिएको छ । आवेदकहरुको नवीनतम सोच दुग्धजन्य उत्पादन सम्बद्ध नवप्रवर्तनात्मक, समाधानमुखी र व्यावसायिक सम्भाव्यता भएको हुनुपर्नेछ । सहज च्यालेन्ज फन्डको दोस्रो चरणको कुल बजेट दुई करोड नेपाली रुपैयाँको हुनेछ । यस फन्डअन्तर्गत निजी व्यवसाय तथा उद्यमीहरुले न्यूनतम पाँच लाखदेखि ५० लाख नेपाली रुपैयाँसम्म प्राप्त गर्नेछन् । यसरी छनौट गरिएका आवेदकले नगद राशीसँगै व्यवसाय अगाडि बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।

उक्त पत्रकार सम्मेलनमा विभिन्न संघ, सरकारी निकाय, प्राज्ञिक, मिडियाकर्मी तथा उद्यमीहरुको उपस्थिति थियो । कार्यक्रममा सहज च्यालेन्ज फन्डको जिङ्गल, पोस्टर तथा वेबसाइट समेत सार्वजनिक गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x