Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पो र डिज्नेल्यान्ड पेरिसबीच साझेदारी

ओप्पो र डिज्नेल्यान्ड पेरिसबीच साझेदारी


काठमाडौं । ओप्पोले डिज्नेल्यान्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ । यसअन्तर्गत रात्रिकालीन समयमा प्राकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ । रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो । यो समयमा फोटोहरु ग्रेनी डार्क स्पोट, हाइलाइट्स र वास आउटबीच हराउँछन् ।

ओप्पोको नयाँ फाइन्ड एक्स फाईभ सिरीजमा भएको हाई–टेक ४के अल्ट्रा नाइट भिडियो र ५० एमपी वाइड र अल्ट्रा–वाइड एङ्गल क्यामराले कुनै पनि प्रकाशमा अविष्मरणीय वा एसपिरेसनल अवसरहरू रेकर्ड गर्न सक्षम बनाएको छ । सपना, चमक, ऊर्जा र उज्यालो यी शब्दहरू डिज्नेल्यान्ड पेरिसको ३०औँ वार्षिकोत्सवको अन्तर्निहित अवधारणा हो । यही अवधारणा ओप्पो फाइन्ड एक्स फाइभ सिरिजमा पनि लागू हुन्छन्, त्यसैले ओप्पोले इन्फ्लुअन्सरहरुलाई उत्सवको अनुभव गर्न र यस अविस्मरणीय क्षणलाई आफ्नो क्यामरामार्फत कैद गर्न पेरिस बोलाएको थियो ।

ओप्पो फाइन्ड एक्स फाइभले डिज्नेल्यान्ड पेरिसका गेस्टहरुलाई उत्कृष्ट सम्झनाहरू खिच्न र प्रतिष्ठित लाइट शो सुटिङ गर्दा पनि अस्पष्ट, धमिलो वा ग्रेनी इमेजहरुको सट्टा प्रकृतिक तिखो र रंगीविरंगी फोटो खिच्न मद्दत गरेका छन् । एउटा फोटोमा कुनै पनि चिजको पूर्ण महिमा जम्मा गर्न उत्कृष्ट स्मार्टफोन चाहिन्छ, त्यसैले ओप्पोले इन्फ्लुअन्सरहरुलाई फाइन्ड एक्स फाइभ प्रो प्रदान ग¥यो र इन्फ्लुअन्सरहरुलाई यस ३०औँ वार्षिकोत्सवको लागि डिज्नेल्यान्डमा भएको उत्कृष्ट आतिशबाजी तथा प्रकाशका डिस्प्लेलाई ज्वलन्त रुपमा आफ्नो फोटो र भिडियोमा कैद गरेको छ ।

ओप्पो फाइन्ड एक्स फाइभ प्रोले वार्षिकउत्सवका तामझाम, आतिशबाजी, ड्रोनद्वारा प्रक्षेपण गरेका फोटो तथा भिडियोहरु तथा जोशिला सङ्गीतको अपत्यारिलो किसिममको प्राकृतिक र तीखो रङ्गहरुमा कैद गरेका छन् । ओप्पो ग्लोबल मार्केटिङ अध्यक्ष विलियम लिउले भने, ‘ओप्पो फाइन्ड एक्स फाइभ प्रोले यस डिज्नेल्यान्ड पेरिसको ३०औँ वार्षिकउत्सवका क्षणहरु यति राम्रो र अविस्मरणीय रुपमा फोटो तथा भिडियोमार्फत लिइएको छ कि अब यसले रात्रिकालीन फोटो तथा भिडियो सुट गर्न पनि मान्छेहरुलाई प्रेरित गर्नेछ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x