Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिजबजारको भारी छुटसहितको ‘२० मा बिज’ क्याम्पेन

बिजबजारको भारी छुटसहितको ‘२० मा बिज’ क्याम्पेन


काठमाडौं । ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने ‘२० मा विज’ नामक क्याम्पेनअन्तर्गतको असार महिनाको क्याम्पेन असार १९ गते राति १२ बजेदेखि २२ गतेसम्म लाइभ हुने भएको छ ।

नेपालका साना तथा मझौला उद्यमहरूलाई बढावा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित बिजबजार सञ्चालनमा आएको हो । यही असार २० गते बिजबजारले अपराह्न ४ बजेदेखि राति ८ः२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ, जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् । यस क्याम्पेनअन्तर्गतको सेभ बिग योजनामा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र भारी रकम छुट प्राप्त गर्न सक्नेछन् भने भाग्यमानी योजनाअन्तर्गत कम्तीमा तीन हजार रुपैयाँबराबरको सामान खरिद गर्ने सेवाग्राहीहरूमध्ये एक भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत उपहारस्वरूप स्मार्टफोन प्राप्त गर्नेछन् ।

त्यसैगरी असार २० गते, बिजबजार ई–कमर्स प्लेटफर्ममा रजिस्टर्ड हुने नयाँ ग्राहकहरूले डिस्काउन्ट कुपन प्राप्त गर्नेछन् । त्यस्तै सेवाग्राहीहरूले बिजबजारको अफिसियल सामाजिक सञ्जाल तथा वेबसाइटमा प्रतिक्रिया दिँदा एक सय रुपैयाँबराबरको मोबाइल टपअप समेत प्राप्त गर्नेछन् । कम्पनीको अर्को योजना ‘पानी प-यो अफर झ-यो’अन्तर्गत २० जना भाग्यशाली सेवाग्राहीहरूले बिजबजारको तर्फबाट छुट साथै आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्नेछन् । यस्तै क्याच एण्ड वीन खेलमा सहभागी हुँदा सेवाग्राहीले पाँचवटा आकर्षक उपहार जित्न सक्नेछन् भने गेस द प्रोडक्ट खेल खेल्दा मोबाइल टप अप समेत प्राप्त गर्न सक्नेछन् ।

साथै सोही दिन ‘यसमै छ खुसी’ योजनामा अफरहरूको टाइमर सेट हुनेछ, जस्मा सेवाग्राहीहरूले समयअनुसार परिवर्तन हुने विभिन्न दरमा छुट प्राप्त गर्न सक्नेछन् । सबै अफरहरुका लागि कम्पनीद्वारा निर्धारित सेवा तथा शर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x