Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगथाई स्माइलको काठमाडौँ–बैंकक उडान सुरु

थाई स्माइलको काठमाडौँ–बैंकक उडान सुरु


काठमाडौं । क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैंककसम्मको हवाइ उडान सेवा सुचारु गरेको छ । कम्पनीले शुक्रबारदेखि काठमाडौं–बैंकक दुईतर्फी हवाइ सेवा प्रारम्भ गरेको हो । कम्पनीले दैनिक रुपमा काठमाडौँं–बैंकक हवाइ सेवा सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

कम्पनीका अनुसार यस रुटको लागि तोकिएको एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता छ, जसमा अन–बोर्ड मिल सर्भिस (विमानभित्रै खानाको सुविधा) पनि छ । थाई स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरुमा उडान भर्छ भने थाई एयरवेज ईन्टरन्यासनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्दछ । आरआर ग्रुप अफ कम्पनिजअन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक वायुसेवा कम्पनी थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाइले काठमाडौँ–बैंकक हवाइ सेवाको सुरुवातले बैंकक र एसियाका अन्य प्रमुख सहरहरूबीच बढ्दै गइरहेको सम्बन्धलाई अझै बलियो बनाउने बताए । यो नयाँं यात्रुवाहक उडान सेवाले नेपाल–थाइल्याण्ड सम्बन्धमा अर्को सुनौलो आयाम थप्ने र यस रुटको सुरुवातसँगै नेपाल विस्तारै मध्य–दक्षिण एसिया र अन्य एसियाली मुलुकहरुका लागि पनि पर्यटकीय आकर्षणको केन्द्र हुने उनको भनाइ थियो ।

यस्तै सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले सन् १९६८ देखि थाई एयरवेज इन्टरनेशनलले सेवा प्रदान गरेको रुटमा पुनः हवाइ सेवा सुचारु गर्दै यसले नेपाल र थाइल्याण्डको सम्बन्ध अझ नजिक बनाएको बताए । यसको साथै यो उडानले दुवै देशको पर्यटन प्रवर्द्धन गर्दै अर्थतन्त्रलाई पनि उकास्ने उनको भनाइ थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x