Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्वको शीर्ष ३० सेफमा छनोट

नेपाली युवा राहुल श्रेष्ठ मध्यपूर्वको शीर्ष ३० सेफमा छनोट


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले चीनसँगको व्यापार सहजीकरणका लागि चीनका लागि नवनियुक्त राजदूत विष्णु पुकार श्रेष्ठलाई आग्रह गरेको छ । चेम्बरको पदाधिकारीहरुले श्रेष्ठसँग भेटवार्ता गरी नेपाल चीन व्यापार सहजीकरण गर्न आग्रह गरेका हुन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए ।

नेपालबाट कृषि, हस्तकलाका सामान, मूर्तिजन्य वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए । ग्वान्झाउ तथा ल्हासास्थित महावाणिज्य दूतावासलाइ नेपाल चीन व्यापार सहजीकरणको लागि क्रियाशील बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ थियो । नेपाल चीनबीच केरुङ भएर हुन व्यापारमा अनावश्यक खर्चहरु आयातकर्ताले व्यहोर्नुपरेकोले व्यावसायिक लागत अत्यधिक रुपले बढ्न गएकोप्रति अध्यक्ष मल्लले राजदूत श्रेष्ठको ध्यानाकर्षण समेत गराए । सीमा नाकामा हुने अनावश्यक खर्चलाइ हटाउन र भन्सार तथा परिवहन प्रक्रियालाई सहज गर्न पनि अध्यक्ष मल्लले आग्रह गरे । नेपालको पूर्वाधार विकासमा चिनियाँ लगानी भित्र्याउन पहल गर्न समेत अध्यक्ष मल्लले राजदूत श्रेष्ठलाई आग्रह गरे ।

नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न प्रविधि हस्तान्तरणको लागि पहल गर्न समेत अध्यक्ष मल्लले जोड दिए । नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई उच्चस्तरमा पु-याउन आफूले अधिकतम पहल गर्ने बताए । भन्सारमा व्यापार सहजीकरण गरी नेपालमा उत्पादित वस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठले बताए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x