Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘फोनपे डाइरेक्टमार्फत पैसा पठाऔँ, ठाउँको ठाउँ’ अभियान

‘फोनपे डाइरेक्टमार्फत पैसा पठाऔँ, ठाउँको ठाउँ’ अभियान


काठमाडौं । फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङको बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोनपे डाइरेक्ट मार्फत पैसा पठाऔँ, ठाउँको ठाउँ’ अभियान सुरु गरेको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपेमार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै, अन्तर–बैंक कारोबारमार्फत रकम पठाउन सकिन्छ ।

यो ‘पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियानले यसको बृहत् फिनटेक नेटवर्कमार्फत रकम स्थानान्तरणलाई सहज एवं सुव्यवस्थित गर्नसक्ने अपेक्षा कम्पनीको छ । पैसा पठाउन वा अन्य कुनै पनि भुक्तानी गर्न अपनाइने परम्परागत जटिलतालाई यसले कम गर्दछ । यसका अतिरिक्त, मोबाइल बैंकिङ एप्सबाट रकम स्थानान्तरण गर्दा समेत कहिलेकाहीँ बैंकको खाता सही नभएको, बैंक शाखा विवरणहरू उपलब्ध नभएको, खातावालाको नाम आदिजस्ता कुराहरु नमिल्दा रकम पठाउन सकिँदैन । तर फोनपेले यस्ता सम्पूर्ण समस्याहरुलाई समाधान गर्दछ । फोनपे डाइरेक्टबाट पैसा पठाउनको लागि बैंक खाता नम्बरको आवश्यकता पर्दैन । यो केवल मोबाइल नम्बर र बैंकको नामबाट पैसा पठाउन सकिन्छ । पैसा पठाउनको लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ एप लगइन गर्नुपर्दछ । लगइन गरेपछि सेण्ड मनि अप्सनमा गई फोनपे डाइरेक्टलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाइल नम्बर राखेर पठाउन सकिन्छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवाप्रदायकका मोबाइल एप्सबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनपेमार्फत अन्तरबैंक फन्ड ट्रान्सफर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवाप्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म आठ लाखभन्दा बढी मर्चेन्ट छन् । एक करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत फोनपेले सेवा पु-याउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x