Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक्सलट्रिपको नाम अबदेखि ‘जाम्न’

एक्सलट्रिपको नाम अबदेखि ‘जाम्न’


काठमाडौं । नेपालको पहिलो ओटीए (अनलाइन ट्राभल एग्रिगेटर) प्लाटफर्म एक्सलट्रिपको नाम परिवर्तन गरी ‘जाम्न’ बनाइएको छ । नेपालीहरूको मुखमा सहजै झुन्डिने शब्द चयन गर्ने क्रममा नाम परिवर्तन गरिएको कम्पनीका संस्थापक सीईओ ज्ञानेन्द्र खड्काले बताए ।

जाम्नको मोबाइल एप र अफिसियल वेबसाइटबाट नेपालको पाँचवटै डोमेस्टिक एयरलाइन्स र एक हजार पाँच सयभन्दा बढी होटल बुक गर्न सकिन्छ । नेपालकै सम्पूर्ण डिजिटल पेमेन्ट (ई–सेवा, फोन–पे, खल्ती) लगायत बैंकहरूको मोबाइल बैंकिङ एप र सम्पूर्ण स्वदेशी एवं विदेशी बैंकका कार्ड प्रयोग गरी नेपालभित्र होटल र एयरलाइन्स बुक गर्न सकिने खड्काले जानकारी दिए । साथै अनलाइनमार्फत रकम भुक्तानी गर्न नचाहने ग्राहकले एपमा ‘पे एट होटल’को अप्सन छनोट गरी सिधै होटलमै रकम भुक्तानी गर्न मिल्नेछ ।

यस्तै, जाम्न प्रयोगकर्ताले प्रत्येक होटल बुकिङपश्चात् ‘जीक्यास’ प्राप्त गर्नेछन् । सो जीक्यास प्रयोग गरी उनीहरूले अन्य होटल बुकिङ, फ्लाइट बुकिङ र फ्रि होलिडेका लागि रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ । यसबाहेक जाम्नले जुलाई महिनाभरिका लागि ‘जाम्न ५०० अफर समेत ल्याएको छ । जसअन्तर्गत प्रयोगकर्ताले जाम्नमार्फत होटल बुकिङलगायत अन्य कारोबारमा गर्दा ‘जाम्न ५००’ प्रयोग गरी पाँच सय रूपैयाँको भौचर रिडिम गर्न मिल्ने व्यवस्था गरिएको छ ।

साथै जाम्नले नेपालमा रहेका साना अपार्टमेन्ट र होटल र होमस्टे पनि आफ्नो लिस्टमा समावेश गरेको छ । जसबाट सस्तो रुम लिन चाहने ग्राहकले पनि जाम्नबाट होटल बुकिङ गर्न सक्ने बताइएको छ । हालसम्म कम्पनीले नाफा कमाउनेभन्दा पनि प्रयोगकर्ता बढाउने र व्यापार प्रवर्द्धन गर्नेतर्फ जोड दिएको खड्का बताउँछन् ।

त्यस्तै, नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा कम्पनीले ‘नेपालको पर्यटन प्रवर्द्धन हाम्रो दायित्व मूल नाराका साथ प्रोमोटिङ नेपाल’ र ‘प्रोमोटिङ डोमेस्टिक टुरिजम नेपाल’ अभियान नै सञ्चालन गर्दै आइरहेको छ । कम्पनीले नेपालको पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रियकरण गर्दै विश्वभर नेपालको पर्यटन प्रवर्द्धन गर्ने पनि लक्ष्य लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x