सामसङको ‘ग्यालेक्सी एफ १३’ सार्वजनिक
काठमाडौं । सामसङले नेपालमा ग्यालेक्सी एफ १३ को बिक्रीवितरण सुरु गरेको छ । लोकप्रिय ग्यालेक्सी एफ शृंखलाको यो पछिल्लो उत्पादनले जेन जेडका उपभोक्ताहरूलाई हरेक दृष्टिकोणबाट उत्कृष्टता प्रदान गर्दै अद्भूतपूर्ण शैली र अनुभव दिलाउने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार ग्यालेक्सी एफ १३ उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । यस फोनमा इमर्सभी अवलोकन अनुभवका लागि फुल एचडी प्लस डिस्प्ले, छ हजार एमएएच ब्याट्री र खण्ड–निर्बाध कनेक्टटिभिटीका लागि पहिलो अटो डाटा स्वचिङ छ । यो फोनको १६.६२ सेमि एफएचडी प्लस डिस्प्लेले अधिकतम अवलोकनको अनुभवका लागि ज्यादै सानो प्रवणित धारहरू समावेश गर्दछ । साथै यसमा भएको छ हजार एमएएच ब्याट्रीले १५ वाटको तीव्र चार्ज हुने संयोजीलाई समर्थन गर्दछ ।
यस्तै ग्यालेक्सी एफ १३ ले संयाजी पावर बचत र एआई पावर व्यवस्थापनलाई समर्थन गर्दछ, जसले तीन दिनसम्म एपलाई स्लिप मोडमा र एक महिनादेखि प्रयोग नगरिएको एपलाई दिप स्लिप मोडमा राखिदिन्छ । आविष्कारी अटो डाटा स्वीचिङ विशेषता ग्यालेक्सी एफ १३ मा निर्बाध सम्पर्क कायम गर्न उपलब्ध छ ।
दोस्रो सिमको डाटामार्फत खण्ड–पहिलो विशेषताले प्राइमरी सिमले प्रयोगकर्ताहरूलाई नेटवर्क नभएर काम नगरेको अवस्थामा उनीहरूका प्रियजनहरूसँग सम्पर्क बनाउन समर्थ बनाउँछ । यसमा भएको आठ जीबी -याम र -याम प्लस विशेषताका साथमा यस फोनले गेमिङलाई व्यवधान नपु-याएरै विस्तारित प्रस्तुतीकरण, बहु कार्यहरू गर्ने सुगमता, निर्बाध एप खोज्ने कार्य प्रदान गर्दछ । यो अक्टा–कोर एक्जीनस ८५० प्रोसेसरबाट शक्तिप्रदत्त छ । यसको भण्डारण क्षमता थप मेमोरी कार्डको साथमा एक टीबीसम्म बढाउन सकिन्छ ।
ग्यालेक्सी एफ १३ को ५० एमपी ट्रिपल रिएर क्यामराले तपाईँको जीवनको अत्युत्तम पलहरू कैद गर्न सघाउँछ । अल्ट्रा वाइड क्यामराको सहयोगले १२३ डिग्रीको दृश्यहरू कैद गर्न सकिन्छ । साथै यसमा आठ एमपीको अग्र क्यामरा पनि छ, जसले सेल्फी खिच्नमा मदत गर्दछ । यो फोन वाटरफल ब्लु, सनराइज कप्पर र नाइटस्ककाई ग्रीन रङ्गहरूमा उपलब्ध छन् । यसको मूल्य ४/१२८ जीबी भेरियन्टको लागि २३ हजार नौ सय ९९ रूपैयाँ कायम गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया