Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलद्वारा रिङरोड ग्रीन बेल्टको उद्घाटन

एनसेलद्वारा रिङरोड ग्रीन बेल्टको उद्घाटन


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको उद्घाटन गरिएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्तरूपमा एक कार्यक्रमका बीच मंगलबार उक्त ग्रीन बेल्ट उद्घाटन गरेका हुन् । एनसेलले सामाजिक पहलअन्तर्गत वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलंकी सडकखण्डमा हरियाली विकास, निर्माण तथा संरक्षण गर्दै आएको छ । एनसेलले ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङसहित हरियाली निर्माणको सकाएर हाल यस क्षेत्रको संरक्षणको काम गरिहेको हो । यो परियोजनाले रिङरोड सडकखण्डमा सफा र हरियालीलाई प्रवर्द्धन गरेको कम्पनीको दाबी छ । एनसेलले सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्नेछ ।

कार्यक्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले दिगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरणसम्बन्धी लक्ष्य र आजियाटा समूहको नेट जिरो कार्बनको आकांक्षाअनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा खुसी लागेको बताए । यो परियोजना सार्वजनिक—निजी साझेदारीको उत्कृष्ट उदाहरण भएको र यसले यस्ता परियोजनाहरू सामूहिकरूपमा साकार पार्न सक्छौँ भनी प्रस्ट्याएको उनको भनाइ छ । यस्तै वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीले यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने प्रतिबद्धता रहेको बताए । केही प्रतिस्थापन गरेर शतप्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठूलो उपलब्धि भएको उनको भनाइ थियो ।

यस परियोजनाको बारेमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने, ‘हामीले सम्पन्न गरेका सुन्दर परियोजनामध्ये यो एउटा हो त्यसैले म ललितपुर महानगरपालिकाको तर्फबाट एनसेललाई धन्यवाद दिन चाहन्छु । ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने हाम्रो भिजनअन्तर्गत चारवटा रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य सम्पन्न गरी सहरमा १४ सय वटा बत्ती जडान गर्ने काम गरिरहेका छौँ । अर्को चरण भनेको ललितपुरभित्र पर्ने रिङरोडको ७ दशमलव ९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने हो ।’ एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरूलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरू गर्दै आएकोे छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x