मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपाल’ आयोजना हुने
काठमाडौं । ‘मिस्टर एन्ड मिस टिन वल्र्ड’ नेपालको दोस्रो संस्करण आयोजना हुने भएको छ । फेलिज इन्टरनेसनलले आयोजना गर्ने मिस्टर एन्ड मिस टिन वल्र्ड नेपालको पहिलो संस्करण २०१७ मा आयोजना गरिएको थियो । विजेता मिस टिन वल्र्ड नेपाल र मिस्टर टिन वल्र्ड नेपालले ब्राजिलको साउ पाउलोमा २०१७ को नोभेम्बर १० देखि १६ सम्म आयोजना भएको मिस टिन वल्र्ड तथा मिस्टर टिन वल्र्डमा सहभागिता जनाउने मौका पाएका थिए । ‘मिस्टर टिन वल्र्ड नेपाल’ शीर्षक विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फस्र्ट रनर अप भएका थिए भने ‘मिस टिन वल्र्ड नेपाल’ शीर्षक विजेता स्वस्ती वैद्यले बेस्ट स्माइल तथा बेस्ट नेसनल कस्ट्युम टाइटल हात पारेकी थिइन् ।
मिस्टर एन्ड मिस टिन वल्र्ड नेपालको दोस्रो संस्करण थप विशेष हुने भएको छ । यस संस्करणका विजेताले टर्कीको इस्तानबुलमा हुने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् भने यस प्रतियोगिताको नलेज पार्टनर द ब्रिटिस कलेजमा २० लाख रूपैयाँसम्मको छात्रवृत्ति प्राप्त गर्नेछन् । यस प्रतियोगितामा पहिलो हुने प्रतिस्पर्धीले आयोजकका तर्फबाट नगद पुरस्कार एक लाख रूपैयाँ तथा विभिन्न उपहारहरू समेत प्राप्त गर्नेछन् भने फर्स्ट रनरअप तथा सेकेन्ड रनरअपले ब्रिटिस कलेज बाट १५ लाख रूपैयाँसम्मको छात्रवृत्ति तथा सम्पूर्ण सहभागीले पहिलो वर्षका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।
मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपाल विजेताहरू १० अक्टुबर २०२२ मा टर्किएको ईस्तानबुलमा आयोजना गरिने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धामा भाग लिने मौका प्राप्त गर्नेछन् । पूर्वमिस नेपाल उषा खड्गी, नायक सलोन बस्नेत, नायक सलिन मान बानियाँ, मोडल पूजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायतका निर्णायमण्डलले अडिसन तथा विभिन्न प्रतिस्पर्धामार्फत यस प्रतियोगिताका विजेता छनोट गर्नेछन् ।
जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुने अडिसनमार्फत प्रतियोगीहरू सर्टलिस्ट गरिनेछ भने सर्टलिस्ट गरिएका प्रतियोगीहरू विभिन्न किसिमका प्रोजेक्ट वर्क तथा तालिमहरूमा सहभागी हुनेछन् । वैयक्तिक विकास र सीप विकासको उदाहरणीय प्रतियोगिताको रूपमा सञ्चालन गरिने मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपालले आफ्नो करिअरको खोजीमा रहेका किशोर किशोरीको समग्र विकासमा ठूलो मदत पु-याउने अपेक्षा गरिएको छ । १६ देखि २१ वर्ष उमेरसमूहका युवाहरूले सहभागिता जनाउन सक्ने यो प्रतियोगिताले आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मदत पु-याउनेछ भने मोडलिङ तथा अभिनय पेसामा आबद्ध हुन चाहनेका लागि अवसर जुटाउन साहयक बन्नेछ । यस्तै एसईई तथा प्सल टु परीक्षा दिएर बसेका विद्यार्थीहरूको फुर्सदलाई उपयोग गर्दै जीवनको यो क्षणलाई एक उत्पादनशील र अविस्मरणीय बनाउन सकिने आयोजकको बुझाइ छ ।
यस प्रतियोगिताको पहिलो चरणको अडिसनका लागि मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपालको फेसबुक पेजमा गएर अनलाइन फारम भर्नुपर्नेछ । जुलाई १६ मा आयोजना गरिने अडिसनमा छनोट भएका प्रतियोगीलाई विभिन्न तालिम, सेमिनार तथा प्रोजेक्टवर्कमा सामेल गराई वैयक्तिक विकास गरिनेछ । यसरी तालिममा हुने सहभागिताबापत प्रतियोगीले १५ हजार रूपैयाँ शुल्क तिर्नुपर्नेछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया