Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरेडमड कफीको १३औँ आउटलेट बौद्धमा

रेडमड कफीको १३औँ आउटलेट बौद्धमा


काठमाडौं । कफी पारखीहरुमाझ आफ्नो छुट्टै पहिचान बनाउन सफल रेडमड कफीले बौद्धमा आफ्नो १३औँ आउटलेटको शुभारम्भ गरेको छ । बिहीबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका महामन्त्री गगन थापा र मोडल एवम् मिस इन्टरनेशनल नेपाल २०१७ नीति शाहले उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा महामन्त्री थापाले १३औँ आउटलेटसम्म विस्तार गरेकोमा बधाई दिँदै थप विस्तारको शुभकामना दिए । साथै रेडमडले भित्र्याएको जस्तै वैदेशिक लगानीलाई पनि प्रोत्साहन गर्नुपर्ने बताउँदै वैदेशिक लगानीका लागि आवश्यक नीतिनियमको लागि पहल गर्ने बताए । नीति शाहले पनि यो नयाँ आउटलेट निकै आकर्षक रहेको र युवा पुस्तालाई मन पर्ने कुरामा ढुक्क रहेको बताइन् ।

११ वर्षअघि काठमाडौंको थापाथलीमा पहिलो आउटलेट खोलेर सञ्चालनमा आएको ‘रेडमड कफी’ विस्तार हुने क्रममा रहेको छ । रेडमडले आफ्नो १३औँ शाखा टुसाल बौद्धमा खोलेको हो । फस्टाउँदै गएको कफी तथा रेस्टुरेन्ट बजारलाई ध्यानमा राखेर नयाँ आउटलेट टुसाल बौद्धमा सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । फ्रान्चाइज होल्डर सुनिता तामाङ र मनोज पाख्रिन पनि आफूहरु रेडमडको कफी सर्भिस र खानाबाट पनि प्रभावित भएर नै बौद्धमा रेडमड कफी सञ्चालन गर्न अघि बढेको बताएका छन् ।

उपत्यकाभित्र रेडमडका आउटलेटहरु थापाथली, नयाँबानेश्वर, पानीपोखरी, डिल्लीबजार, झाम्सिखेल, दरबारमार्ग र उपत्यका बाहिर विराटनगर, मनाङ लगायतका स्थानमा रहेका छन् । यससँगै रेडमडले निकट भविष्यमा थप आउटलेट पनि विस्तार गर्ने योजना रहेको सञ्चालक प्रवेश हुमागाईँले जानकारी दिए । कफी पारखीका लागि आकर्षक एम्बिएन्स र शान्त वातावरण सहितको सेवा रेडमडको मुख्य विशेषता रहेकाले यसले सबै वर्ग र पुस्ताका ग्राहकको मन जित्न सफल भएको दाबी गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x