Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमहिला उद्यमशीलता विकासका लागि चेम्बरको सहयोग

महिला उद्यमशीलता विकासका लागि चेम्बरको सहयोग


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तीकरण कार्यक्रम सुरु गरेको छ । उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।

पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टिङ, फेब्रिक पेन्टिङलगायतका विभिन्न छवटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्नलागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ । तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशीलताको विकासमार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए । चेम्बरले महिलाको सशक्तीकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको मल्लले बताए । पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा

घरमै बसेर आम्दानीका लागि थुप्रै विकल्पहरु सुरु भइसकेको भन्दै अध्यक्ष मल्लले त्यसको लाभ लिन पनि महिलाहरुलाई आग्रह गरे । महिलाहरुद्वारा उत्पादित वस्तुहरुको बजारीकरणका लागि चेम्बरले सहयोग गर्ने अध्यक्ष मल्लको भनाइ छ । आर्थिक क्षेत्रमा महिलाहरुको सहभागिता बढेको भन्दै अध्यक्ष मल्लले रोजगारी सिर्जना गर्न समेत उल्लेख्य योगदान रहेको बताए । उनले अपांगता भएका महिलालाई उद्यमशीलता विकासको तालिममा सहभागी गराउनुपर्नेमा जोड दिए ।

चेम्बरकी उपाध्यक्ष एवं महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको बताइन् । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपूर्ण हुने श्रेष्ठको भनाइ छ । महिलाहरुलाई बजारको मागअनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तीमा १५ दिनको तालिम दिइने बताइन् ।

महिलाको आर्थिक सशक्तीकरण गर्नका लागि विभिन्न सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले जानकारी दिइन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x