होटल महावीर प्यालेस सञ्चालनमा
काठमाडौं । कोभिडको कारण बन्द भएको चारतारे होटल प्लाटिनम नयाँ व्यवस्थापनका साथ महावीर प्यालेसका नाममा सञ्चालनमा आएको छ । बन्द रहेको प्लाटिनम होटललाई करिब १० करोड रुपैयाँ लगानी थप गरेर नयाँ व्यवस्थापनका साथ नारायण पौडेलको समूहले महावीर प्यालेसका नामबाट सञ्चालन ल्याएकोे हो ।
काठमाडौंको सोल्टी मोडमा रहेको प्लाटिनम होटल कोभिडपछि बन्द अवस्थामा रहेको थियो । होटलका सबै कोठाहरुको रिनोभेसन गरी नयाँ व्यवस्थापनमा सञ्चालनमा ल्याएको महावीर प्यालेसका सञ्चालक नारायण पौडेलले बताए । प्लाटिनमका लगानीकर्ताबाट पौडेल नेतृत्वको समूहले खरिद गरी होटललाई महाविर प्यालेसमा रुपान्तरण गरेका हुन् । होटलमा आउने स्वदेशी तथा विदेशी पर्यटकको आरामदायी बसाइका लागि विशेष ध्यान दिएको पौडेलले बताए ।
होटलमा १४ वटा डिलक्स, ३२ वटा सुपर डिलक्स, १४ प्रिमियम, दुईवटा स्विट रुम रहेका छन् । होटलले ओपनिङको अवसरमा विशेष छुट समेत दिएको जनाएको छ । होटलमा एक रातको न्यूनतम ४५ सय रुपैयाँदेखि १४ हजार रुपैयाँसम्मका कोठा रहेका छन् । ओपनिङको अफरमा ४० प्रतिशत छुट समेत दिएकोे होटल व्यवस्थापनले जनाएको छ । होटलमा पाहुनाका लागि आवश्यकताअनुसार ज्याकुजी, लक्जरी स्पा, ड्राई र स्टिम साउना, हेल्थ क्लब, जिम, हेयर सैलुन लगायतको सुविधा रहेको छ । होटलमा आउने अपांग, गर्भवती महिलाई विशेष केयरको व्यवस्था समेत रहेको होटलका सञ्चालक नारायण पौडेलले बताए ।
यस्तै होटलमा अर्गानिक तरकारी, मार्सी चामल, लोकल भालेको मासुसहितको नेपाली खानाका परिकारका साथै चाइनिज, इन्डियन तथा कन्टिनेन्टल खानाको व्यवस्था गरेको उनले बताए । होटलमा ६५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलमा मिनि क्यासिनो पनि सञ्चालनमा छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया