Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबेकोको इन्भर्टर एअर कन्डिसनर बजारमा

बेकोको इन्भर्टर एअर कन्डिसनर बजारमा


काठमाडौं । यूरोपियन इलेक्ट्रोनिक्स ब्राण्ड बेकोको अत्याधुनिक फिचर्ससहितको कम बिजुली खाने इन्भर्टर एअर कन्डिसनर नेपाली बजारमा सार्वजनिक भएको छ । जाडो र गर्मी दुवै मौसममा उपयोगी यो एअर कन्डिसनरमा गो क्लिन, जोनफलो, गोल्ड गार्डजस्ता अत्याधुनिक फिचर्स तथा टेक्नोलोजीहरु रहेका छन् ।

कम्पनीका अनुसार यसको गो क्लिन टेक्नोलोजीले एअर कन्डिसनरमा टाँसिएको धूलो र फोहोरहरु आफैँ पखाल्छ जसले गर्दा एअर कन्डिसनरमा ब्याक्टेरिया र ढुसी जम्न दिँदैन, गन्ध घटाउँछ र उपभोक्तालाई ताजा र स्वच्छ हावा प्रवाह गर्छ । साथै यसको गोल्ड गार्ड फिचर्सले एअर कन्डिसन उच्च क्षमतामा चलाई लामो समयसम्म टिकाउन मद्दत गर्छ । यसको जोनफलो टेक्नोलोजीले प्रयोगकर्ता बसेको ठाउँको तापक्रम महसुस गर्छ र स्वचालित रूपमा कोठाको तापक्रम समायोजन गर्छ । यसको रिमोटमा विशेष सेन्सर हुन्छ जसको प्रयोगले प्रयोगकर्तालाई कोठाको जुनसुकै कुनामा पनि समान तापक्रम महसुस गराउँछ । कम्पनीका अनुसार यो एअर कन्डिसनर नेपाली बजारमा १ टन, १.५ टन र २ टनमा उपलब्ध छ र यसमा १० वर्षको वारेन्टी छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x