Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनीमा एकेडेमी इ–लर्निङ एपबाट मनसुन अनलाइन एडुफेस्टको तयारी

नीमा एकेडेमी इ–लर्निङ एपबाट मनसुन अनलाइन एडुफेस्टको तयारी


काठमाडौं । नीमा एकेडेमी इ–लर्निङ एपले बुधबार गुरुपूर्णिमाको अवसर पारी शैक्षिक सत्र २०७९ को प्रारम्भिक चरणमा डिजिटल सिकाइका अफरहरुसहित मनसुन अनलाइन एडुफेस्ट गर्ने तयारीमा जुटेको छ ।

मनसुन अनलाइन एडुफेस्ट नाम दिइएको उक्त ज्ञान मेला डिजिटल माध्यममा एक हप्तासम्म चल्नेछ । नीमा एकेडेमी इ–लर्निङ प्लेटफर्मको पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित विशेष गरी कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरी अनलाइन पाठ्यक्रमहरुको बन्डल प्याकेज भारी छुटमा प्रदान गर्नेछ । उदीयमान विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा किफायती मूल्यमा आकर्षक उपहारसहित उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

यसका साथसाथै नीमा एकेडेमीले आगामी दिनहरुमा अफर, योजना, सदस्यता सुविधाहरु र विद्यार्थी, शिक्षक, विद्यालय र विद्यार्थीहरुलाई लक्षित गरी लाभदायी प्याकेज ल्याउनेबारे खुलाएको छ । मुख्यतः मनसुन अफरअन्तर्गत शिक्षार्थीहरुलाई कक्षा १ देखि १० सम्मका जुनसुकै पाठ्यक्रमहरुको वार्षिक प्याकेज खरिद गर्दा ३० प्रतिशतसम्मको छुटको व्यवस्था गरेको छ ।

नीमा एकेडेमीका अनलाइन कोर्सका विषयवस्तु/पाठ्यक्रम शिक्षण सामग्री ई—पुस्तक भिडियो, खेल, हाजिरीजवाफ, असाइन्मेन्ट र एनिमेसनमा आधारित छन् । नेपाली बजारमा भौतिक रुपमा प्रदर्शनी, मेला हुने गरे पनि डिजिटल माध्यम त्यसमा पनि अनलाइन शिक्षा क्षेत्रमा ज्ञानमेला नयाँ प्रयास मानिने पनि कम्पनीले अवगत गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x