गड्डाचौकीमा पर्यटन सहायता कक्ष
कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकीमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले सहायता कक्षको बिहीबार एक कार्यक्रमका बीच उदघाटन गरेका छन् ।
मन्त्री धामीले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धनका योजना अघि सारिएको बताए । उनले पर्यटकको सहजताका लागि महाकाली करिडोर निर्माणमा जोड दिइएको बताए । उत्तरमा चीन र दक्षिणमा भारतसँग जोड्नका लागि करिडोर निर्माण भइरहेको उनको भनाई थियो । सुदूरपश्चिम क्षेत्रका महत्वपूर्ण पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारसँगै पहुँच मार्ग निर्माणका लागि कार्य भइरहेको उनले जानकारी दिए ।
पश्चिमी सीमानाका गड्डाचौकी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको उनले बताए । यसको स्तरोन्नतिका लागि सङ्घीय सरकारसँग पहल गर्ने उनको भनाई छ । कार्यक्रममा भीमदत्त नगरका नगर प्रमुख पदम बोगटीले भारतबाट आउने पर्यटकलाई पर्याप्त सूचना प्रवाह गरेर सेवा दिनुपर्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पीताम्बर जोशीले गड्डाचौकी नाका भएर नेपाल प्रवेश गर्ने पर्यटकलाई सहजता प्रदान गर्नका लागि कार्य अगाडि बढाइनुपर्ने बताए ।
प्रदेश पर्यटन विकास कार्यान्वयन इकाइको सहयोग, अस्थायी ट्राफिक प्रहरी पोष्ट गड्डाचौकीको समन्वय एवं होटल व्यवसायी सङ्घ कञ्चनपुरको सहकार्यमा पर्यटन सहायता कक्ष स्थापना गरिएको छ । पर्यटन सहायता कक्षमा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिइने व्यवस्था गरिएको छ । पर्यटकीय सूचनासँगै होटेल, सडक, यातायात, लाग्नु शुल्कलगायत बारेमा कक्षमा रहने कर्मचारीले जानकारी दिइने भएको छ । पर्यटकीय गन्तव्यकाबारे कक्षमा जानकारी पुस्तिकासमेत राखिएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया