Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएस वार्षिक नाटक २०२२ ‘एक सिक्का’ शनिबार प्रदर्शन हुने

एस वार्षिक नाटक २०२२ ‘एक सिक्का’ शनिबार प्रदर्शन हुने


काठमाडौं । एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका स्नातकका विद्यार्थीद्वारा आयोजित गरिने ‘एस वार्षिक नाटक’ ‘एक सिक्का’ शनिबार प्रदर्शन हुने भएको छ । ‘एस वार्षिक नाटक’ २०६८ सालदेखि सुरु भएको हो । विगत १० वर्षदेखि विद्यार्थीहरुले हरेक वर्ष नाटक गर्दै आएका छन् ।

बिहीबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै यसपालिको नाटकको नाम ‘एक सिक्का’ राखेको आयोजकले जानकारी दिएको छ । जसको नाट्य, आलेख र निर्देशन प्रदिप कुमार चौधरी र सह–निर्देशन भरत लिम्बुले गरेका छन् । सो नाटक नेपाल प्रज्ञा प्रष्ठिानमा असार ३२ गते शनिबार दिउसो १ बजे र बेलुका ५ बजे प्रदर्शन गरिनेछ ।

एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका एसोसिएट डाइरेक्टर रजत बज्राचार्य, निर्देशक प्रदिप कुमार चौधरी, नाटककार सिद्धार्थ घिमिरे, नाटककार अमिता खड्का र नविस कठायतले नाटकका बारेमा जानकारी गराएका थिए । साथै कार्यक्रममा सुरज कार्की र अन्जु श्रेष्ठको प्रस्तुति पनि रहेको थियो ।

आयोजकका अनुसार नाटक एक सिक्का लोककथामा आधारित नाटक हो । एकादेशमा लामो समय खडेरी पर्दा त्यहाँका जनताले भोग्नुपरेको पानीको अभाव र पानी अभावबाट उत्पन्न विभिन्न समस्याका कारण त्यस देशका जनताहरुले भोग्नुपरेको तितो यथार्थलाई यस नाटकमा केन्द्र बनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x