Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो वाई२० को मूल्य घट्यो

भिभो वाई२० को मूल्य घट्यो


काठमाडौं । भिभोले आफ्नो प्राविधिक र नवीन उत्पादनहरूमार्फत प्रयोगकर्ताहरूको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर विकास गर्दै आइरहेको छ । भिभोले आफ्ना उत्पादनहरू सबैका लागि पहुँचयोग्य बनाउन ग्राहकहरूलाई समय–समयमा विभिन्न अफरहरू र चाडपर्व सेल्सहरु प्रदान गर्छ । यसका साथै, ब्रान्डले आफ्ना उत्पादनहरूमा ग्राहकहरूको आवश्यकता अनुरूप समय–समयमा मूल्य परिमार्जन गर्दछ ।

कम्पनीले ग्राहकको आवश्यकता पूरा गर्दै हालै आफ्नो वाई सिरिजको स्मार्टफोन, वाई२० सिरिजको ४जीबी प्लस ६४जीबी भेरियन्टमा १८ सयले मूल्य घटाएको छ । यो स्मार्टफोनको नयाँ मूल्य २० हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ । सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकहरूले अब स्लिम र ट्रेन्डी वाई२० खरिद गरेर भिभोको उत्कृष्ट विशेषताहरु र प्रविधिहरूको आनन्द लिन सक्छन् । वाई २० मा १३ एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा र २एमपी म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ । अपग्रेड गरिएको बोकेह टेक्नोलोजीसँग सुसज्जित, २एमपी बोकेह क्यामेराबाट प्रयोगकर्ताहरूले स्टुडियो गुणस्तरको तस्बिरहरु खिच्न सक्छन् । वाई२० मा फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट, पीडिए टेक्नोलोजी र फिल्टरहरू लगायत धेरै क्यामेरा विशेषताहरु पनि छन् ।

यसको साथै, वाई२० मा पाँच हजार एमएएच सुपर क्षमताको ब्याट्री र १० वाट फास्ट चार्ज प्रविधि छ । एआई पावर बचत टेक्नोलोजीको साथ, एकपटक चार्ज गरेपछि २० घण्टासम्म फिल्म हेर्न वा १० घण्टासम्म गेम खेल्न सकिन्छ । चार जीबी ¥याम र ६४ जीबी रोम भएको यो स्मार्टफोन गेमिङ र फोटोग्राफीमा रुचि राख्नेहरूका लागि उपयुक्त विकल्प हुन सक्छ । यसमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर पनि छ जसले प्रयोगकर्ताहरूलाई छिटो स्मार्टफोन अनलक गर्न अनुमति दिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x