Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेक स्टुडियोले मंगलबार दराज ब्रान्ड डे मनाउने

टेक स्टुडियोले मंगलबार दराज ब्रान्ड डे मनाउने


काठमाडौं । ठूलो अनलाइन सपिङ गन्तव्य दराजले ब्रान्ड डे सिरिजमा नेपालको एक प्रिमियम स्मार्टवाच र एसेसरिज कम्पनी टेक स्टुडियोका साथमा हाई फ्यूचर, रिम्याक्स, एक्वाफिट र विबसहित मंगलबार विभिन्न उत्पादनहरूमा विशेष डिलहरू प्रदान गर्दै आफ्नो प्लेटफर्ममा अर्को ब्रान्ड अनावरण गरेको छ । ब्रान्ड डेमा स्मार्टवाचहरू, स्पिकरहरू, टीडब्लुएस इयरबडहरू, ल्यापटपका सामानहरू र अन्य धेरै ब्राण्डहरु उपलब्ध गराएको छ ।

टेक स्टूडियो एक घरेलु नेपाली ब्रान्ड हो, जसले सामाजिक सञ्जालमा यसको रमाइलो समीक्षाहरूले ग्राहकहरूबीच उत्कृष्ट प्रतिष्ठा हासिल गरेको प्रमाणित गरेको छ । उच्च गुणस्तरका ब्रान्डहरू किफायती दरमा ल्याएर टेक स्टुडियो नेपालमा एक अग्रणी स्मार्टवेयर र एसेसरिज कम्पनी साबित हुनलागेको कम्पनीको दाबी छ । १९ जुलाई, २०२२ मा एक दिनको लागि, विशेष छुटहरू, रोमाञ्चक संकलनयोग्य भाउचरहरू र दराजमा मात्र पाइने उत्कृष्ट डिलहरूसहित, नयाँ र पुराना ग्राहकहरूका लागि ब्रान्डले अफरमा उत्कृष्ट उत्पादनहरु ल्याएको छ ।

टेक स्टुडियोका बजार प्रबन्धक रजील शाक्यले आफ्ना नियमित ग्राहकहरुलाई नयाँ अनुभव दिन र अनलाइनमा समेत टेक स्टुडियोका उत्कृष्ट उत्पादनहरु किन्न सहज बनाउन ब्रान्ड डे मनाउन लागेको जानकारी दिए । यो एक दिने ब्रान्ड डेको अवसरमा १९ जुलाई, २०२२ को मध्यरातदेखि २३ः५९ सम्मको अवधिमा खरिदकर्ताहरूले दराजमा टेक स्टूडियोको उत्पादनहरूमा ५१ प्रतिशतसम्म छुट, उत्पादनहरूमा निःशुल्क डेलिभरी, रोमाञ्चक कलेक्टेबल भौचरहरू प्राप्त गर्न सक्छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x