Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिवम् नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट

शिवम् नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट


काठमाडौं । शिवम् सिमेन्ट्स नेपालभर सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । ओपीसी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्रि गर्दै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।

कम्पनीले स्थापनाकालदेखि हाल ०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको जनाएको छ । ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन गरिएको उच्चकोटिको चुनढुङ्गाबाट गुणस्तरीय ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको जानकारी दिएको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्टजगतमै पहिलोपटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड प्रथमबाट पुरस्कृत भएको थियो । शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यावसायिक तथा राष्ट्रिय गौरवका विभिन्न आयोजनाहरुका अनेकौँ संरचना निर्माणमा शिवम् सिमेन्टले विगत लामो समयदेखि महत्वपूर्ण भूमिका प्रस्तुत गर्दै आइरहेको छ ।

ग्राहकहरूले दिएको साथ, विश्वास र भरोसाले गर्दा नै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्टको सूचीमा अग्रस्थान हासिल गर्न सफल भएको कम्पनीले जनाएको छ । यस सफलताको सम्पूर्ण श्रेय ग्राहक एवम् वितरकहरूलाई प्रदान गर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनि विस्तार गर्दै आगामी दिनमा निरन्तर गुणस्तरीय उत्पादनमार्फत यस सम्बन्धलाई थप उचाइतर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ । ‘भरोसा अटुट सम्बन्धको’, ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’ तथा ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’जस्ता मूलनाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।

नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्यधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो । नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x