Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमकास अटोमोटिभको मेकानिक्स मिट

मकास अटोमोटिभको मेकानिक्स मिट


काठमाडौं । सवारीसाधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न भएको छ । सो अवसरमा मकासका उत्पादन र यसको विशेषताबारे कम्पनीका प्रतिनिधि र मेकानिक्सहरु बीचमा अन्तर्क्रिया गरिएको थियो ।

मकास अटोमोटिभका जनरल म्यानेजर प्रमोद कुमारले सो अवसरमा कम्पनीको उत्पादन र यसको विशेषताबारे जानकारी प्रदान गरेका थिए । क्लचदेखि ब्रेक लाइनिङ र फ्लाई ह्विलदेखि बटनसम्म सबै रेन्ज उपलब्ध गराउने कम्पनी भएकाले सबैका लागि कम्पनी विश्वसनीय भएको उनले बताए । मेकानिक्स र ग्राहकको बीचमा सधै सम्बन्ध बढाइरहने कम्पनीको लक्ष्यबमोजिम मन्दीको समयमा पनि राम्रो बजार लिएको उनको भनाइ छ । व्यस्तताको बाबजुद एमआरपी स्टिकरमा समेत आफ्नो मोबाइल नम्बर राखिएको र कुनै गुनासो भए सिधै सम्पर्क गर्न सकिने उनले बताए ।

मकास अटोमोटिभका मार्केटिङ म्यानेजर सलिम खानले कम्पनी सधैँ नम्बर वान रहने कुरामा विश्वास गर्ने बताउदै जर्मन टेक्नोलोजी कम्पनी निभासँगको सहकार्यले कम्पनीको उत्पादन थप विश्वसनीय भएको बताए । नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुर प्रसाद न्यौपानेले नेपाली अटो मेकानिक्सहरुले गुणस्तरीय उत्पादनमा विश्वास गर्ने भएकाले मकासका उत्पादन लोकप्रिय रहेको बताए । कम्पनीले उपलब्ध गराउने विश्वसनीय सेवा र गुणस्तरीय उत्पादनका कारण भविष्यमा समेत यसको विश्वसनीयता कायम रहने उनले विश्वास व्यक्त गरे ।

संघका निवर्तमान अध्यक्ष दीपक खड्काले गुणस्तरीय उत्पादनभन्दा स्किम बिक्री भइरहेको बजारमा मकासले फरक पहिचान कायम गरेको बताए । उनले कम्पनीप्रतिको विश्वास आगामी दिनमा समेत कायमै रहने अपेक्षा गरे । सबै प्रकारका हेभी कमर्सियल भेइकल सम्म मकासको क्लच र अन्य कम्पोनेन्ट प्रयोग हुन्छ । नेपाली बजारमा समेत पहिले लोकप्रिय रहेको क्लच अटो सन् २०१८ मा बन्द भएपश्चात् उही समूहले नै मकास अटोमोटिभ सञ्चालन गरिरहेको छ ।

कम्पनीले १६० डाया देखि ४३० डाया सम्म सम्पूर्ण रेन्जका क्लच उत्पादन गर्छ । भारतको चार स्थानमा यसको कारखाना छ । थ्री ह्विलर देखि फोर ह्विलर सबै गाडीमा यसको प्रयोग हुन्छ । टाटा मोटर्स, आइसर, अशोक लेल्यान्ड आदि गाडीमा यसको प्रयोग हुन्छ । क्लच प्लेट, कभर एसेम्बली, लिभर किट, प्रेसर प्लेट र क्लचसँग सम्बन्धित सबै कम्पोनेन्ट मकास अटोमोटिभले उत्पादन गर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x