Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसवाई प्यानलले टिकटक प्रतियोगिता गर्ने

एसवाई प्यानलले टिकटक प्रतियोगिता गर्ने


काठमाडौं । कोरियन प्रविधिको स्यान्डविच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा भाग लिने प्रतियोगीले कम्पनीको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा साउन ०६ गतेदेखि भदौ ०६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ ।

पहिलो विजेताले डेढ लाख नगद रुपैयाँ पाउनेछन् । दोस्रो (दुई जना) प्रतिव्यक्ति एक लाख नगद रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिब्यक्ती पचहत्तर हजार प्रदान गरिनेछ भने चौथो (चार जना) प्रतिब्यक्ती चालीस हजार र पाचौं (पाँच जना) प्रतिब्यक्ती तिस हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाइ छनौट गरी ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भ्युज, मोस्ट सेयर, मोस्ट कमेन्टको आधारमा विजयी घोषणा गरिने जनाएको छ ।

भाद्र दस गते पुरस्कार वितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा एसवाई नेपालमा ट्याग गर्नुपर्नेछ भने ह्यासट्यागको रुपमा सोही नाममा ह्यासट्याग प्रयोग गर्नुपर्नेछ ।

महाप्रबन्धक साहका अनुसार नेपाल सरकारको नियमअनुसार लाग्ने कर विजेता स्वयंले व्यहोर्नुपर्नेछ । कोरियाली कम्पनी एसवाई प्यानलद्वारा उत्पादन भएका फेब्रिकेटेडको प्रयोग गरी घर, भवनलगायत निर्माण भइरहेको छ । नेपालमा एसवाई प्यानल लोकप्रिय हुँदै गइरहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x