Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाइको वर्ल्डकप २०२२ लक्षित ‘टेस्ट ड्राइभ क्याम्पेन’ सुरु

हुन्डाइको वर्ल्डकप २०२२ लक्षित ‘टेस्ट ड्राइभ क्याम्पेन’ सुरु


काठमाडौं । कार निर्माता हुन्डाइले टेस्ट ड्राइभ क्याम्पेन सुरु गरेको छ । कम्पनीले फुटबल विश्वकप–२०२२ लाई मध्यनजर गर्दै हुन्डाइले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको हो ।

अफरअन्तर्गत ग्राहकहरूले हुन्डाइको नेपालभरि रहेका कुनै पनि शोरुममा कुनै पनि कार टेस्ट ड्राइभ गरी फिफा विश्वकप २०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् ।

आजबाट सुरु भएको यो अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाइ शोरुममा रेजिस्टर गरी सहभागी हुन सक्नेछन् ।

यो अफरको अन्त्यमा लक्की ड्रमार्फत दुई जना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ । प्रत्येक विजेताले उपहारस्वरूप आफूलाई मन पर्ने एक जना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् ।

यसरी जम्माजम्मी चार जना हुन्डाइको स्पन्सरसिपमा कतार जान पाउनेछन् । हुन्डाइ मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत ल्याइएको यो अफर नेपालका लागि हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संयोजन गरेको छ ।
अफरमार्फत कम्पनीले ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाइले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ ।

कम्पनीले भनेको छ, ‘साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने हेतुले पनि यो अफर ल्याएको हो ।’

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभरका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा दिइरहेको छ । इच्छुकले हुन्डाइ शोरुममा गई यो अफरमा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x