Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमको समर अफरमा नयाँ सुविधा थप

टेलिकमको समर अफरमा नयाँ सुविधा थप


काठमाडौं । नेपाल टेलिकमले गत साउन १ देखि लागू गरेको समर अफरअन्तर्गत हाल केही नयाँ र आकर्षक अफर समेत उपलब्ध गराइरहेको छ । ती नयाँ अफरहरु ग्राहकको रोजाइमा परेका छन् । कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा हाल केही नयाँ अफर थप गरेको हो ।

नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको छ । २० मिनेट भ्वाइस प्याक १५ रुपैयाँमा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने सय मिनेट भ्वाइस प्याक तीन दिनका लागि ४९ रुपैयाँमा उपलब्ध छ ।

त्यसैगरी नयाँ अफरको रुपमा एक एमबीपीएस स्पिडको अनलिमिटेड डाटा एक दिन (२४ घण्टा) को लागि ४९ रुपैयाँमा उपलब्ध छ । यस अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको छ । अब सबै नेटवर्कमा सय एसएमएस एक दिनको लागि १५ रुपैयाँ, दुई सय एसएमएस तीन दिनको लागि २९ रुपैयाँ र तीन सय एसएमएस २८ दिनको लागि ९८ रुपैयाँमा पठाउन सकिनेछ ।

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको छ भने सीयूजी अफरअन्तर्गत उही मूल्यमा पहिलेभन्दा चार गुणासम्म बढीे डाटा भोल्युम उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सीयूजी एक हजारमा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ ।

त्यस्तै सीयूजी १५ सय मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन् । पहिले उपलब्ध अधिकांश अफरहरुलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेटसहित उपलब्ध गराइएको छ । साथै, कतिपय अफरलाई परिमार्जन गरिएको छ । समर अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याक्स डायल गर्नुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x