Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगोल्डन ओक १२औँ कृति अवार्ड भदौ २६ गते हुने

गोल्डन ओक १२औँ कृति अवार्ड भदौ २६ गते हुने


काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले यस वर्षको गोल्डेन ओक १२औँ कृति अवार्ड आगामी भदौ २६ गते गर्ने भएको छ । आनले नेपालको विज्ञापन सृजनशीलतालाई सम्मान गर्न २०६० देखि कृति अवार्डको आयोजना गर्दै आएको छ ।

यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिस्टिलरी लि.को गोल्डेन ओक ब्राण्ड रहेको आयोजकले राजधानीमा बुधबार एक कार्यक्रमको आयोजना गरी जानकारी गराएको छ । उक्त समारोहमा संघका अध्यक्ष सोम प्रसाद धिताल र जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले कार्यक्रमको टाइटल स्पोन्सरसम्बन्धी हस्ताक्षर समेत गरेका थिए । आनले हरेक वर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत दुई वर्ष हुनसकेको थिएन । कृति अवार्ड विज्ञापन क्षेत्रलगायत सम्पूर्ण मिडिया र विज्ञापनदाताहरुको सामूहिक उत्सवको रुपमा आयोजना गर्नेे गरिएको छ ।

कार्यक्रममा जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले यस प्रतिष्ठित कार्यक्रममा आप्mनो समूहलाई सहभागी गराउन पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने बताए । त्यसैगरी नेपाल विज्ञापन संघका अध्यक्ष सोम प्रसाद धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टिलरी लि. र गोल्डन ओक ब्राण्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्य रहिरहने उल्लेख गरे ।

गोल्डेन ओक १२औँ कृति अवार्डमा २०७६ वैशाख १ देखि २०७८ चैत मसान्तसम्म भए गरिएका विज्ञापन तथा प्रवद्र्धनात्मक रचना तथा कामहरुलाई समावेश गरिनेछ । संघका सदस्य एजेन्सीहरुले २०७९ साउन ५ देखि भदौ ४ गतेसम्म मनोनयन दर्ता गर्न सकिने आनले जनाएको छ । गोल्डेन ओक १२औं कृति अवार्डमा विज्ञापन सिर्जनशीलता सम्बद्ध मेन स्ट्रिम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी विभिन्न ३१ विधामा पुरस्कृत गरिनेछ ।

कार्यक्रममा परेका मनोनयनहरु छनौट तथा मूल्यांकनका लागि सूचना, सञ्चार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा.डा.विजय के.सी., प्रा.डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित तीन सदस्यीय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ । यसका अतिरिक्त विभिन्न विधामा परेको मनोनयनहरुलाई सम्बन्धित क्षेत्रका विज्ञ प्रतिष्ठित व्यक्तित्व तथा विशेषज्ञहरुसहित करिब २५ जना संलग्न हुने छुट्टाछुट्टै निर्णायक समितिहरु रहनेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x