Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराज र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्ने सम्झौता

दराज र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन गर्ने सम्झौता


काठमाडौं । अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवद्र्धन गर्न सम्झौता गरेको छ । आफ्नो अर्डरको लागि नगद अन डेलिभरीमार्फत भुक्तानी गर्न रुचाउने ग्राहकहरूलाई प्रिपेमेन्टमा रूपान्तरण गर्ने प्रयासमा दराज र नेप्सले अनलाइन सपिङ प्लेटफर्ममा डेबिट र क्रेडिट कार्डहरूको प्रयोगलाई प्रोत्साहन दिइरहेका छन् ।

यो सम्झौतामा दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँल र नेप्सका सीबीओ पविन्द्र राजभण्डारीबीच हस्ताक्षर भएको हो । दराज नेपालका डिजिटल पेमेन्ट एण्ड पार्टनरसिप प्रमुख अरुण फुयाँलले नेपाली ई–कमर्स इकोसिस्टमलाई नयाँ उचाइमा पुग्न मद्दत गर्न डिजिटल शपिङ प्लेटफर्म प्रयोग गर्दै ग्राहकहरूलाई थप डिजिटल भुक्तानी विधिहरू छनौट गर्न प्रोत्साहित गर्न नेप्ससँगको साझेदारीप्रति उत्साहित र आशावादी रहेको बताए । ग्राहकहरूलाई नगदबाट डिजिटल वित्तीय कारोबारमा स्विच गर्न प्रोत्साहित गर्ने प्रयासमा दराजले विभिन्न बैंकहरू र डिजिटल वालेटहरूसँग सम्बन्ध र भुक्तानी साझेदारी बढाउँदै आएको छ । दराजले धेरै बैंकहरूसँग साझेदारी गरेको छ, जसले ग्राहकहरूलाई तोकिएको बैंक दिनहरूमा ती विशिष्ट बैंकहरूमार्फत भुक्तानी गर्दा विशेष छुटहरू प्राप्त गर्न अनुमति दिनेछ ।

ग्राहकहरूले दराज एपमा आफ्नो अर्डर चेक आउट गर्दा र बैंक अफ द डेज डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने विकल्प चयन गर्दा दैनिक बैंक छुट भौचरहरू प्रयोग गर्न सक्नेछन् । संकलित भाउचरहरू चेकआउटको समयमा स्वचालित रूपमा लागू हुनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x