स्याकार ट्रेडिङ कम्पनी टाटा ग्रिन ब्याट्रिजको आधिकारिक ओईएम वितरक
काठमाडौं । नेपालको लागि होन्डा मोटरसाइकलरस्कुटरको आधिकारिक बिक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिलाई टाटा ग्रिन ब्याट्रिजको टू ह्विलर्स ब्याट्रिजको एचएमएसआई (होण्डा मोटरसाइकल तथा स्कुटर), एचएसपीपी (होण्डा पावर प्रोडक्ट्स) र होण्डा मोटरर्सको आधिकारिक ओईएम वितरकको रुपमा नियुक्त गरिएको छ ।
टाटा ग्रिन ब्याट्रिज, टाटा अटोकम्पनी जीवाई ब्याट्रिज प्रालिले उत्पादन गर्छ । टाटा ग्रिन ब्याट्रिजका सीईओ रवि गुप्ताले टाटा ग्रिन ब्याट्री, टु ह्विलर्स ब्याट्रिजका भारतमा रहेका ठूला बिक्रेताहरुमध्ये एकमा पर्ने बताए । होण्डा मोटरसाइकल र स्कुटर इन्डिया, टीभीएस, जाभा, सुजुकी मोटरसाइकलमा यसको ब्याट्री प्रयोग हुने गरेको छ । स्याकार ट्रेडिङसँगको सहकार्यले कम्पनीले नेपालको बजार विस्तारलाई सहज बनाउने उनले बताए । यस्तै स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले टाटा ग्रुप कम्पनीसँग हात मिलाउनु स्याकार ट्रेडिङको इतिहासमा एउटा नयाँ चरम पुग्नुसरह हुने बताए । कम्पनीको एक सय ५० बिक्रेताहरुको सञ्जालको पहँुचबाट नेपालको कुना कुनासम्म पनि होण्डा ग्राहकहरुसमक्ष टाटा ग्रिन ब्याट्रिज पु-याउने उनले विश्वास दिलाए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
- प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल
- अरनिको राजमार्ग विस्तार : जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
- घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
- मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व सङ्कलन
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया