Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोल्डिङ कम्पनी ‘साथी पार्टनर्स लिमिटेड’ औपचारिक रुपमा सुरु

होल्डिङ कम्पनी ‘साथी पार्टनर्स लिमिटेड’ औपचारिक रुपमा सुरु


काठमाडौं । होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा सुरु भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथीमार्टको टिममार्फत केही विशेष तथा ठूला योजनासहित यसै महिनादेखि औपचारिक रुपमा सुरु भएको घोषणा गरिएको छ ।

यो कम्पनीअन्तर्गत साथीमार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषि, कपडा ब्राण्ड, मःमः फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजीलगायत सातभन्दा बढी कम्पनीमा लगानी गरी देशकै उत्कृष्ट ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको बताइएको छ । यस कम्पनीको स्थापनाले साथीमार्टको उत्पादनदेखि रिटेलसम्मका क्षेत्रमा काम गरी लोकल उत्पादकलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने उद्देश्यमा ठूलो सहयोग गर्ने कम्पनीले जनाएको छ । यस कम्पनीको संस्थापक अध्यक्ष, साथीमार्टका सीईओ तथा सफल युवा व्यवसायी सागर पोखरेल रहेका छन् भने पाँच जनाको अनुभवी सञ्चालक समिति रहेको बताइएको छ ।

सात वटाभन्दा बढी सफल तथा भविष्यमुखी कम्पनीमा लगानी गरी उत्पादनदेखि रिटेल र टेक्नोलोजीदेखि अनलाइन सपिङ र कृषि क्षेत्रका राम्रा व्यावसायिक योजनामा काम गर्ने यस पब्लिक कम्पनीको अधिकृत पुँजी ५० करोड र चुक्ता पुँजी हाललाई पाँच करोड ७३ लाख रहेको कम्पनीले जनाएको छ । साथै यस आर्थिक वर्षमा १५ करोड ७३ लाख चुक्ता पुँजी पु-याउने उद्देश्यसहित १० लाख कित्ता संस्थापक सेयर आन्तरिक बिक्रीमार्फत व्यावसायिक सोचका व्यक्तित्वहरू कम्पनीमा जोड्ने लक्ष्य राखिएको छ । २०८०/०८१ भित्र कम्पनीको कुल चुक्ता पुँजी एक अर्ब ५० करोड पु-याई आईपीओमा समेत जाने लक्ष्य रहेको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x