Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदराज महाबचत बजार अभियानमा ६० प्रतिशतसम्म छुट

दराज महाबचत बजार अभियानमा ६० प्रतिशतसम्म छुट


काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार सुरु भयो घोषणा गरेको छ । साउन ८ (२४ जुलाई) बाट सुरु भएको यो अभियानको मुख्य उद्देश्य कम्पनीको भनाइअनुसार ग्राहकहरुलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको छ । र यसैसँग अभियानको मुख्य हाइलाइटहरु भने ६० प्रतिशतसम्म छुट, अनलाइन प्रिपेमेन्टमा एक हजार पाँच सय रुपैयाँसम्मको छुट, सात हजार रुपैयाँसम्मको भउचर, निःशुल्क शिपिङ र बम्पर उपहारमा टर्की उड्ने निःशुल्क टिकट जित्ने मौका रहेको छ। अभियानको थप विवरण तल उल्लेख गरिएको छ ।

अनलाइन प्रिपेमेन्ट छुटको सन्दर्भमा, दराजका ग्राहकहरूले डेबिट कार्डबाट प्रिपेमेन्ट गरेमा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँ र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२ प्रतिशत वा अधिकतम १५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसीसी बैंकका कार्डवाहकहरूले माथि उल्लिखित छुटको लाभ लिन सक्नेछन् । यसबाहेक, आफ्नो ई–सेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकहरूले सीमित अवधिको लागि १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

दराज महाबचत बजारमा लोकप्रिय खेल एक रुपैयाँ गेम पनि रहेको छ जसमार्फत ग्राहकहरुले निम्नमध्ये कुनै पनि पुरस्कार एक रुपैयाँमा जित्ने मौका पाउनेछन् । निउ क्लासिक हेल्मेट, हाइग्राउन्ड एडभेन्चर र प्रोआर्ट आर्टको सामग्री स्पष्ट गर्नको लागि, ग्राहकले एक पुरस्कारको लागि मात्र खेल्न सक्नेछन् । सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रिपेमेन्टमार्फत एक रुपैयाँ प्रिपे गर्नुपर्छ । प्रस्ताव समाप्त भएपछि सबै सहभागीहरूलाई रकम फिर्ता गरिनेछ । अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष छुट दराज महाबचत बजार अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुटहरू रहनेछ ।

ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूबाट ६० प्रतिशतसम्म छुट पाउने छन् । अभियानका लागि डायमण्ड पार्टनर्समा एप्पल, फिलिप्स, अमायरा फेसन हाउस र निउ रहेका छन् । प्लेटिनम पार्टनर्समा एर्के, सीजी डिजिटल, कोका, मसला बिड्स, लोत्टो र किउ एण्ड यु फर्निचर रहेका छ भने र अन्तमा, गोल्ड पार्टनरहरूमा काडेन्स नेपाल, जुआस, कन्भर्स, रोहतो मेन्थोलाटम, बियर्डो, जीन्सवेस्ट र लियोन ब्यूटी रहेका छन् । अभियानका अतिरिक्त हाइलाइटहरूमा एड टु कार्ट, हट सेवर्स, शेक शेक, फलो एण्ड विन, र दराज जेम्स समावेश छन्।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x