Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिप्रदीद्वारा लोकोन्याभ बजारमा सार्वजनिक

सिप्रदीद्वारा लोकोन्याभ बजारमा सार्वजनिक


काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले लोकोन्याभ नेपाली बजारमा बिक्रीवितरण सुरु गरेको छ । लोकोन्याभ उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन हो जसले गाडीहरुलाई प्रभावकारीरूपले व्यवस्थापन गर्न मद्दत पु-याउँछ । गाडीको ट्र्याकिङ, इन्धन सुपरिवेक्षण र भिडियो टेलिम्याट्रिक्सजस्ता प्रयोजनमा लोकोन्याभ अन्यन्त उपयुक्त छ ।

कम्पनीले सुरुवाती दिनदेखि नै आफ्ना ग्राहकहरुको बृहत् हितलाई ध्यानमा राखी अटोमोटिभ एवं सो सम्बन्धित व्यापारको क्षेत्रमा आफूलाई सशक्त ढंगले अगाडि बढाइरहेको जनाएको छ । कम्पनीका अनुसार लोकोन्याभले गाडीको सही व्यवस्थापन गर्न ठूलो सहयोग गर्नेछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले लोकोन्याभ प्लेटफर्ममार्फत सिप्रदीले नेपालको गाडी व्यवस्थापन प्रणालीमा आमूल परिवर्तन गर्ने लक्ष्य राखेको बताए ।

यसैगरी लोकोन्याभका सहसंस्थापक श्रीधर गुप्ताले नेपालजस्तो आर्थिक रुपमा उदीयमान बजारमा उत्कृष्टभन्दा उत्कृष्ट फ्लिट म्यानेजमेन्ट सोलुसन प्रदान गर्न प्रतिबद्ध रहेको बताए । लोकोन्याभ एक यस्तो सफ्टवेयर कम्पनी हो, जुन विश्वका उदीयमान एवं गतिशील बजारहरुका चालक एवं गाडी धनीहरुको फ्लिट म्यानेजमेन्टको पहुँचलाई सरल बनाउनेतर्फ केन्द्रित छ । विश्वका ५० भन्दा बढी मुलुकहरुमा उपस्थिति भएको लोकोन्याभ एउटै प्लेटफर्मबाट गाडी सञ्चालनको प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x