भिभोको भी र वाई शृंखलाअन्तर्गतका पाँच उत्कृष्ट स्मार्टफोन
काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा वाईदेखि भी सिरिजसम्मका विविध पोर्टफोलियोमार्फत ग्राहकहरुलाई स्मार्टफोन छनोटहरूको लागि धेरै विकल्पहरु प्रदान गर्दै आइरहेको छ । ब्रान्डले आफ्नो स्मार्टफोनमा आधुनिक क्यामेरा प्रविधि र नवीनताका साथ बजारमा राम्रो पकड बनाएको छ ।
सबै भिभो स्मार्टफोनहरू अत्याधुनिक प्रविधिका साथ डिजाइन गरिएका छन्, जसले उत्कृष्ट कार्यसम्पादनमार्फत ग्राहकको अनुभव वृद्धि गर्दछ । साथै भिभो वाई सिरिजका फोनहरु ग्राहकहरूका लागि किफायती मूल्यहरूमा अद्वितीय फ्ल्यागशिप अनुभव प्रदान गर्नमा केन्द्रित छ । अर्कोतर्फ, भी सिरिज नवीन क्यामेरा प्रविधि, शक्तिशाली कार्यसम्पादन र उत्कृष्ट अनुभव समावेश भएको स्मार्टफोनहरु हुन् । वाई र भी शृंखलाअन्तर्गतका पाँच उत्कृष्ट उत्पादनहरू यसप्रकार रहेका छन् ।
वाई५५ : वाई५५ एक शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाई सिरिजअन्तर्गत हालै सार्वजनिक भएको स्मार्टफोन हो । यसमा ५० एमपी एचडी ट्रिपल क्यामेरा मोड्युल छ जसबाट डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो लिन सकिन्छ । यसमा भएको स्न्यापड्रेगन ६८० प्रोसेसर बाट सहजै गेमिङ वा स्ट्रिमिङ गर्न सकिन्छ । यो पाँच हजार एमएएच ब्याट्रीको साथ आउँछ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गरेको छ । यो उपकरण ३३ हजार नौ सय ९९ रुपैयाँमा देशभर उपलब्ध छ ।
वाई३३एस : वाई३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो जसलाई नेपालका ग्राहकहरूले धेरै रुचाएका छन् । यसमा शार्प र अल्ट्रा–क्लियर फोटोग्राफीको लागि ५०एमपी रियर क्यामेरा र १६एमपी सुपर नाइट सेल्फी क्यामेरा रहेको छ । यसमा पाँच हजार एमएएच ब्याट्रीमा र १८वाट फास्ट चार्ज छ । एक्सटेन्डेड ¥याम २.० को साथ यसको आठ जीबी ¥यामलाई चार जीबीसम्म बढाउन सकिन्छ । यो स्लिम र ट्रेन्डी स्मार्टफोन मात्र २९ हजार नौ सय ९९ रुपैयाँ मा उपलब्ध छ ।
वाई२०एस : एक शानदार र आधुनिक डिजाइन भएको यो स्मार्टफोनमा पाँच हजार एमएएच ब्याट्री, १८ वाट फ्ल्यासचार्ज टेक्नोलोजी र एआई पावर सेभिङ टेक्नोलोजी रहेको छ । १३एमपी रियर क्यामेराले फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट र फिल्टर जस्ता विशेषताहरू समावेश छन् । यो स्मार्टफोनले मल्टि–टर्बो ३.० र अल्ट्रा गेम मोडमार्फत सिमलेस अनुभव प्रदान गर्दछ । यो मात्र २५ हजार चार सय ९९ रुपैयाँमा उपलब्ध छ ।
वाई२१ : वाई२१ ८.०एमएम स्लिम बडी भएको स्लिम र स्टाइलिश स्मार्टफोन हो । यसमा १३ एमपी रियर क्यामेरा र आठ एमपी सफ्टलाइट फ्रन्ट क्यामेरा छ जसमा पोट्र्रेट मोड, एचडीआर स्मार्ट इमेजिङ र पोज गाइड लगायत विशेषताहरु छन् । यसमा पाँच हजार एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ । यो मात्र २२ हजार नौ सय ९९ रुपैयाँमा देशभर उपलब्ध छ ।
भी२३फाइभजी : भिभो भी२३फाइभजी एक मास्टरपीस हो जसले आफ्नो रंग परिवर्तन हुने विशेषताको कारण उद्योगमा तरंगहरू मच्चाएको छ । यसमा भएको रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन प्रविधिको कारण यो रंग परिवर्तन सम्भव हुन्छ । यसबाहेक, भी२३ फाइभजीमा उच्च रिजोल्युसनको ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फी क्यामेरा र अगाडि आठ एमपी वाइड–एंगल क्यामेरा छ जसले उत्कृष्ट र एचडी तस्बिरहरु खिच्छ । पछाडिको क्यामेरामा जीडब्लू१ इमेज सेन्सरको साथ ६४एमपी रियर क्यामेरा छ जसले प्रशंसनीय प्रकाश संवेदनशीलता प्रदान गर्दछ । यसमा ४२००एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको छ जुन मात्र ५५ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया