डीएचआई ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण बजारमा
काठमाडौं । डीएचआई इलेक्ट्रोनिक्स प्रालिले नेपाली उपभोक्ताहरुको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै डीएचआई ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु सार्वजनिक गरेको छ ।
डीएचआईका घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरुअन्तर्गत टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रिजरलगायतका अन्य घरेलु उपकरणहरु रहेका छन् । कम्पनीले डीएचआई ब्रान्डका घरायसी उपकरणहरुले भान्सामा र घरमा ग्राहकहरुलाई सहजता र चुस्तता प्रदान गर्ने दाबी गरेको छ । अझ विशेष गरी महिलाहरुले आफ्नो रुचि, करियर वा परिवारसँग बिताउनका लागि थप समय र ऊर्जा प्राप्त गर्नेछन् । देशमा पेट्रोलियम पद्धार्थको आयातले व्यापारघाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा आफ्नै देशको ऊर्जा खपत गरी अर्थतन्त्रमा पर्न जाने आर्थिक भार कम गर्न पनि डीएचआईका ऊर्जा कुशल विद्युतीय उपकरणहरुले महत्वपूर्ण भूमिका खेल्नेछ । त्यसबाहेक, डीएचआई ब्रान्डका नयाँ उत्पादनहरुले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरी बजारको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ ।
डीएचआईका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेलले कम्पनीका उत्पादनहरु निकै सुविधाजनक, भरपर्दा र तुलनात्मक रुपमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध रहेको बताए । कम्पनीले करिब दुई वर्षयता नेपालमा सेट–टप बक्सको निर्माण र वितरणमा अग्रणी भूमिका खेल्दै आएको छ । पछिल्लो समय स्वदेशी बजारमा इलेक्ट्रोनिक्स र घरायसी उत्पादनहरुको मागलाई मध्यनजर गरी डीएचआई ब्रान्डअन्तर्गत आफ्नो गुणस्तरीय उत्पादनहरु बजारमा ल्याएको जनाएको छ । यस्ता उपकरणहरुमा देखिन सकिने सम्भावित समस्याहरुलाई यथाशीघ्र सम्बोधन गर्न नेपालभर आफ्नो सेवा सन्जाल समेत विस्तार गरिएको कम्पनीको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया