Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अफर


काठमाडौं । खल्तीले आफ्ना प्रयोगकर्ताहरुका लागि गत जेठ १२ गतेबाट असार ३२ गतेसम्म आयोजना गरेको ५२ दिनको द बिगेस्ट पेमेन्ट जात्रा सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त अफरमा पाँच लाखभन्दा बढी प्रयोगकर्ताहरुले एक करोडभन्दा बढी संख्यामा कारोबार गरेका थिए ।

डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने उद्देश्यले खल्तीले समय–समयमा आफ्ना प्रयोगकर्ताहरुका लागि विभिन्न आकर्षक अफरहरु प्रदान गर्दै आइरहेको छ । यही शैली जारी राख्दै खल्तीले करोडबराबरको अफरको रुपमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’ आयोजना गरेको थियो । यो अफरअन्तर्गत खल्ती प्रयोगकर्ताहरुले सहभागिता जनाई क्यासब्याक तथा थुप्रै उपहारहरुको फाइदा लिएका थिए । साथै हरेक दिन १ बजेदेखि सुरु हुने फायरसेलअन्तर्गत दुई लाखभन्दा बढी प्रयोगकर्ताहरु लाभान्वित भएका थिए । जसमा ५० प्रतिशतसम्म क्यासब्याक गरिएको कम्पनीले जनाएको छ ।

अफरको आकर्षक केन्द्रविन्दुको रुपमा रहेको तीनवटा बजाज पल्सर एनएस १६० एबीएस तीन भाग्यशाली विजेताले लक्कीमार्फत प्राप्त गरेका थिए । यसबाहेक उक्त अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरुले पुरस्कारस्वरुप समग्रमा अन प्लसको ४३ इन्चको स्मार्ट टिभी, १४ वटा स्मार्टफोन, ५२ वटा फ्लाइट टिकट एक रुपैयाँमा ५२ वटा स्मार्टब्याण्ड लक्की ड्रमार्फत प्राप्त गर्दा निकै खुसी भएका थिए ।

खल्तीले विजेता छनौट प्रक्रियालाई पारदर्शी बनाउन हरेक हप्ता फेसबुक लाइभमार्फत विजेता घोषणा गर्दै आएको थियो । सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विजय खड्काको उपस्थितिमा ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउने सबैप्रति कृतज्ञता प्रदान गर्दै सम्पन्न भएको थियो । खल्तीले आगामी दिनमा पनि डिजिटल भुक्तानीप्रति सबै नेपालीलाई प्रोत्साहित गर्न थुप्रै रोमाञ्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्तामाझ ल्याउने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x