आईसीटी अवार्डमा दक्षिण एसियाली देशहरूका स्टार्टअपहरूको प्रतिस्पर्धा हुने
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको सातौँ संस्करणमा दक्षिण एसियाली देशहरूको स्टार्टअपहरूबीच प्रतिस्पर्धा हुनेभएको छ । साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ को अनलाइन नोमिनेसन बुधबारदेखि खुला भएको छ ।
लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुनलागेको ‘आईसीटी अवार्ड २०२२’ अन्तर्गत पहिलो पटक दक्षिण एसियाली देशहरूलाई लक्षित गरेर अवार्डको घोषणा गरिएको आयोजकले जानकारी दिएको छ । यस अवार्ड विधामा दक्षिण एसियाली देशहरू भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिप्सका ४ वर्ष ननाघेका आइटी तथा डिजिटल स्टार्टअप कम्पनीहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् । यस विधाको लागि विभिन्न देशका विज्ञहरूसहितको छुट्टै छनोट समिति रहनेछ ।
सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रूपमा आयोजना हुँदै आइरहेको छ । यस वर्षदेखि अन्तर्राष्ट्रियस्तरमा पनि स्टार्टअप इकोसिस्टमको विकास गर्न यस अवार्डलाई घोषणा गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । प्रविधि तथा इन्नोभेसनमा दक्षिण एसियाली देशहरू अग्रसर भइरहेको अवस्थामा यस अवार्डले दक्षिण एसियाली देशहरूमा थप सहकार्यको वातावरण बन्ने लम्सालको भनाइ छ । यसअघि विभिन्न ११ विधाहरूको लागि नोमिनेसन खुला भइसकेको छ ।
यस वर्ष नोमिनेसन खुला गरिएको ११ अन्य विधाहरूमा स्टार्टअप आईसीटी अवार्ड (नेपाल), प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड गरी तीन विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्बन्धित विधाहरू रहेका छन् । आईसीटीको क्षेत्रमा विशेष योगदान गरेका व्यक्तिहरूलाई दिइने अवार्डका विधाहरूमा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् । यसैगरी प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन् ।
आईसीटी अवार्डमा नोमिनेसन दर्ता गर्न प्रतिस्पर्धी आफैँ वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गर्न सक्नेछन् । अवार्डमा नोमिनेसन गर्न आईसीटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनोट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ । आईसीटी अवार्ड २०२२ को ग्रान्ड फिनाले पुस पहिलो साता आयोजना हुनेछ । यो छ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले पाँचभन्दा बढी चरणमका छनोट प्रक्रियालाई अगाडि बढाउनेछ । १२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा २५ भन्दा बढी जुरी मिटिङ सञ्चालन हुनेछन् ।
अवार्ड फिनाले अघि स्टार्टअप एन्ड आइडिया फेस्टलगायतका कार्यक्रमहरू पनि आयोजना हुने बताइएको छ । अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । यसैगरी अवार्डका विजेता र उत्कृष्टले वल्र्ड समिट अवार्डमा पनि सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् । यस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नास्ट, एफएनसीसीआईलगायत निजी क्षेत्रका कर्पोरेट संस्थाहरूको सहकार्य तथा सहयोग रहेको बताइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया